skip this News Page Tips Ad Road Block

एघार महिनामा करिब ७ लाख नेपाली विदेशतिर

काठमाडौं । एघार महिनामा वैदेशिक रोजगारीका लागि विदेश जानेको सख्या करिब सात लाख पुगेको छ । वैदेशिक रोजगार विभागका अनुसार चालु आव २०८० ८१ को एघारमहिनामा रोजगारीका लागि श्रम स्वीकृति लिएर विदेश जाने नेपाली युवाको सङ्ख्या ६ लाख ८४ हजार ८६१ जना पुगेका छन् । साउनदेखि जोठ महिनासम्मको तथ्याँकमा जेठ महिनामा सबैभन्दा धेरै ७२ हजार ८६१ जनाले श्रम स्वीकृति लिएर विदेश गएका छन् । त्यस्तै कार्तिक महिनामा सबैभन्दा कम ४३ हजार ६२२ जनाले श्रम स्वीकृति लिएर विदेश गएको पाइएको छ ।

पछिल्लो समय दक्षता हासिल गरेर वैदेशि रोजगारीमा जाने नेपाली श्रमिकको सङ्ख्या बढेको विभागले जनाएको छ । यस वर्ष संयुक्त अरब इमिरेटस् (युएई) नेपाली गएको पहिलो श्रम गन्तव्य बनेको छ । त्यसपछि साउदी अरब, कतार, मलेसियामा क्रमशः श्रम स्वीकृति लिएर नेपालीहरु वैदेशिक रोजगारीका लागि गएका छन् ।

नेपाल राष्ट्र बैङ्कले जेठ महिना सार्वजनिक गरेको चालु आवको १० महिना (वैशाख) सम्मको तथ्याँक अनुसार ११ खर्ब ९८ अर्ब ६० करोड रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको छ । यो अघिल्लो वर्ष सोही अवधिको तुलनामा १९.८ प्रतिशतले बढी हो ।

Health Tips Ad Road Block