Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

विश्वकपमा जितविहिन हुँदै बाहिरियो नेपाल

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । एक दशकपछि आइसिसी ट्वान्टी–२० विश्वकपमा खेलेको नेपाल जितविहीन हुँदै प्रतियोगिताबाट बाहिरिएको छ।

किङ्सटाउनमा सोमबार भएको समूहको अन्तिम खेलमा नेपाल बंगलादेशसँग २१ रनले पराजित भएसँगै नेपाल जितविहीन हुँदै प्रतियोगिताबाट बाहिरिएको हो। सोमबार बिहान भएको खेलमा बंगलादेशले दिएको एक सय सात रनको लक्ष्य पछ्याएको नेपाल निर्धारित १९.२ ओभरमा सबै विकेटको क्षतिमा ८५ रनमा समेटिएपछि पराजित भएको हो ।

नेपालका लागि कुशल मल्लले २७ रन, दीपेन्द्रसिंह ऐरीले २५, ओपनर आशिफ शेखले १७ रन बनाएपनि अन्य ब्याटसम्यानले दोहारो अंकमा रन बनाउन सकेनन् ।
नेपाललाई सस्तैमा समेट्न बंगलादेशका तानजिम हसन सकिवले चार विकेट लिए । मुस्ताफिजुर रहमानले तीन, सकिव अल हसनले दुई तथा तास्किन अहमेदले एक विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गर्ने निम्तो पाएको बंगलादेशले १९.३ ओभरमा सबै विकेटको क्षतिमा एक सय ६ रन बनाएको थियो । बंगलादेशका लागि सकिव अल हसनले १७ रन बनाए । यस्तै महमुदुल्लाह र रिसद हुसेनले १३/१३ तथा तास्किन अहमेद र जाकेर अलीले १२/१२ तथा लिटन दासले १० रन बनाए । ओपनर तानजित हसन सोमपालको पहिलो बलमै आउट हुन पुगेका थिए । बंगलादेशका अन्य ब्याट्सम्यानले पनि दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।

बलिङमा नेपालका सोमपाल कामी, कप्तान रोहितकुमार पौडेल, दीपेन्द्रसिंह ऐरी र सन्दीप लामिछानेले दुई दुई विकेट लिए । बंगलादेशविरुद्ध दुई विकेट लिएसँगै सन्दीप लामिछानेको टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा एक सय विकेट पूरा गरेका छन् । उनले चार ओभरमा १७ रन खर्चिएर विकेट लिएका हुन् ।

सात महिनापछि पुनः मैदानमा फर्किभएका सन्दीपले यसअघि दक्षिण अफ्रिकासँग विश्वकपको पहिलो खेल खेलेका थिए । अमेरिकाले भिसा दिन अस्वीकार गरेपछि उनले अमेरिकामा भएको विश्वकपको खेल भने गुमाएका थिए ।

यस नतिजासँगै बंगलादेश समूह ‘डी’ को उपविजेता बन्दै सुपर आठमा पुगेको छ । यस्तै समूहमा अपराजित दक्षिण अफ्रिका लगातार चार खेल जित्दै आठ अङ्कसहित शीर्षस्थानमा रह्यो । दक्षिण अफ्रिका एक खेल अगावै सुपर आठमा पुगेको थियो । नेपाल र बंगलादेशबीचको नतिजाले नेदरल्यान्ड्स पनि विश्वकपबाट बाहिरिएको छ । श्रीलङ्का र नेपाल यसअघि नै बाहिरिएका थिए । यससँगै जारी विश्वकपमा सुपर आठको समिकरण पनि पूरा भएको छ ।

यसअघिका तीन खेलमा नेदरल्यान्ड्ससँग ६ विकेट, श्रीलंकासँग वर्षाको कारण १–१ अंक बाँडेको नेपाल दक्षिण अफ्रिकासँग १ रनले पराजित भएको थियो ।

Health Tips Ad Road Block