skip this News Page Tips Ad Road Block

होटेल लेमन ट्री प्रिमियर बुढानीलकण्ठले पायो पाँच तारे होटेलको मान्यता

काठमाडौं । बुढानीलकण्ठ लिमिटेडद्वारा सञ्चालित होटेल लेमन ट्री प्रिमियर बुढानीलकण्ठले पाँच तारे होटेलको मान्यता पाएको छ ।

पर्यटन विभागले गरेको अनुगमनकाक्रममा पाँच तारेको मापदण्ड पूरा भएपछि १३ रोपनी क्षेत्रफलमा फैलिएको होटेल लेमन ट्री प्रिमियर बुढानीलकण्ठले पाँच तारेको मान्यता पाएको हो । होटेल लेमन ट्री गएको माघ १ गतेबाट सफ्ट लन्च भएर सञ्चालनमा आएको थियो ।

होटेलमा हेल्थ क्लब, स्विमिङ पुल, रुफ टप गार्डेन, स्पा, योग तथा ध्यान केन्द्रहरु रहेका छन् ।

Health Tips Ad Road Block