Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

श्री केश तेल गुणस्तरीय रहेको उत्पादकको दाबी, हल्लाको पछि नलाग्न आग्रह

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । कपालमा लगाउने श्री केश तेल उत्पादक कम्पनी सप्तऋषि ओयल एण्ड कस्मेटिक प्रालिले आफ्नो उत्पादन गुणस्तरीय रहेको र बजार हल्लाको पछाडि नलाग्न सबैलाई आग्रह गरेको छ । उक्त तेलको बारेमा उठाइएका गुनासोहरुलाई आधार मानेर श्री केश हेयर आयल उत्पादन, भण्डारण र गुणस्तरको बारेमा जानकारी दिन काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा कम्पनीका प्रबन्ध निर्देशक टीकाराम बुढाथोकीले श्री केश तेलमा प्रयोग गरिएका कच्चा पदार्थ तेल र जडीबुटीहरू कपालको सुरक्षा, पोषण, उपचारमा सहयोगी र गुणस्तरीय रहेको बताए ।

श्री केश तेलका बारेमा सामाजिक सञ्जालसहित विभिन्न सञ्चारमाध्यममा विभिन्न प्रतिक्रिया आउन थालेपछि पत्रकार सम्मेलन गरेर जानकारी गराएको कम्पनीले बताएको छ । पत्रकार सम्मेलनमा कम्पनीले उत्पादनको प्रक्रियाबारे श्रव्यदृष्य सामाग्रीमार्फत ३२ प्रकारका जडीबुटी सङ्कलन, प्रशोधन र प्याकेजिङबारे समेत प्रष्ट्याएको थियो । पत्रकार सम्मेलनमा बुढाथोकीले भने, ‘जडीबुटीको खेती, कच्चा पदार्थ स्वदेशमै उत्पादन गर्दै देशको प्रमुख आयस्रोतको रूपमा रहेको जडीबुटीको क्षेत्रमा खोज, अध्ययन, अनुसन्धान एवं थप गुणस्तरीय वस्तुहरूको उत्पादन, स्वदेश एवं विदेशमा बिक्री वितरण गर्ने कम्पनीको भावी योजना छ। मुख्यत किसान लक्षित कार्यक्रम गरी हजारौंलाई रोजगारी दिइन्छ,’ उनले भने, ‘जसबाट बेरोजगारी घटाइ गरिबी निवारण, पर्यावरण संरक्षण एवम् व्यापार घाटालाई कम गर्न समेत टेवा पुग्नेछ ।’

उच्च मूल्यका जडीबुटीको खेती, प्रशोधन निर्यात, एवम् हिमाली क्षेत्रका बहुगुणी जडीबुटीहरूको अनुसन्धानजस्ता कार्यक्रम सरकारले बजेटमा समावेश गरेकोमा बुढाथोकीले खुसी व्यक्त गरे ।

‘नेपाल सरकारबाट प्राप्त हुने सहुलियत कर्जा, अनुदान, प्राविधिक सहयोग, छुट एवं जडीबुटी खेती गर्ने आवश्यक जमिन प्राप्त हुनेछ भन्ने आशा लिएका छौँ,’ उनले भने, ‘नेपाल सरकारबाट जडीबुटी खेतीको लागि आवश्यक जमिन प्राप्त भएमा छिट्टै तराई, पहाड र हिमाली क्षेत्रमा जडीबुटी खेती गर्ने कार्यक्रम कम्पनीको योजनामा रहेको जानकारी गराउँदछु ।’ उनले भने ।

Health Tips Ad Road Block