Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

आन्तरिक अर्थतन्त्र कमजोर बनेपनि बाह्य सूचक भने मजबुत

१० महिनामा भित्रियो १२ खर्ब बराबरको रेमिट्यान्स

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । नेपालको आन्तरिक अर्थतन्त्रसँगै आर्थिक क्रियाकलाप कमजोर देखिरहेका बेला बाह्य सूचक भने महिनैपिच्छे मजबुत बन्दै गएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको वैशाखसम्मको तथ्याँकअनुसार चालु खाता १ खर्ब ९३ अर्ब २५ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको यही बेलासम्म चालु खाता ६३ अर्ब ७४ करोडले घाटामा रहेको थियो ।

राष्ट्र बैंकका अनुसार शोधनान्तर स्थिति ३ खर्ब ९२ अर्ब ६४ करोडले बचतमा रहेको छ । पोहोर भने २ खर्ब ९ अर्ब ४९ करोडले बचतमा रहेको थियो ।

गत असार मसान्तमा १५ खर्ब ३९ अर्ब ३६ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति २६.२ प्रतिशतले वृद्धि भई बैशाख मसान्तमा १९ खर्ब ४२ अर्ब ४० करोड पुगेको छ । यो रकमले १५.१ महिनाको वस्तु आयात र १२.६ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने केन्द्रीय बैंकले जनाएको छ ।

यता वैशाखसम्ममा १९.२ प्रतिशतले वृद्धि भई ११ खर्ब ९८ अर्ब ६० करोड रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको छ । दश महिनामा कुल वस्तु व्यापार घाटा २.३ प्रतिशतले कमी आई ११ खर्ब ७७ अर्ब १८ करोड पुगेको छ ।

यो अवधिमा महँगी ४.४० प्रतिशत रहेको छ । गतवर्ष यो बेला ७.४१ प्रतिशतको मूल्यवृद्धि रहेको थियो । नेपाल सरकारको खर्च १० खर्ब ५६ अर्ब ८९ करोड र राजस्व परिचालन ८ खर्ब ३१ अर्ब ९३ करोड रहेको छ ।

Health Tips Ad Road Block