ev scooty luyuan nepal baishak 2082 15

skip this News Page Tips Ad Road Block

असार लागेपछि मेलम्चीको पानी वितरण बन्द हुने

bf dear shoes jutta mela 2082 baishak-jesth

काठमाडौं । जेठको मध्यबाट नै मेलम्ची खोलाको पानी धमिलो हुँदै गएपछि असार लागेपछि मेलम्चीको पानी वितरण बन्द हुने भएको छ । आयोजनाको सुरुङमा पानी पथान्तरण रोकिने र वर्षाको समयमा सुरुङमा पानी पठाउँदा त्यसले झन् ठूलो असर गर्ने भएका कारण जेठ अन्तिमबाट पानी वितरण बन्द गर्न लागिएको हो ।

नेपालमा जेठ अन्तिमबाट मनसुन सक्रिय हुँदैछ । मनसुन सक्रिय नहुँदै पानी धमिलो हुँदै गएकाले जेठ अन्तिमबाट पानी पथान्तरण रोकिने मन्त्रालयगत निर्णय भएको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ । तापनि ठूलो पानी नपर्दासम्म भने पानी पथान्तरण हुनसक्ने सम्भावना पनि रहेको समितिको भनाइ छ । मुख्यत ठूलो पानी परेर खोलामा लेदो बग्न थालेपछि पानी पथान्तरण तुरुन्त बन्द गरिन लागेको हो ।

२०७८ असार १ गते तथा साउन १६ र १७ गते आएको लेदोसहितको बाढीपहिरोले मेलम्ची खानेपानी आयोजनाको हेडवक्र्स संरचनालाई तहसनहस बनाएको थियो, जुन अहिलेसम्म पुनर्निर्माण हुन सकेको छैन । हेडवक्र्स संरचना केही माथि सार्नेगरी योजना अगाडि बढिरहेको छ । मेलम्चीको पानी गत वर्ष असार २० गते पथान्तरण बन्द गरि माघ १ गतेदेखि मात्रै उपभोक्ताको धारामा पठाउन सुरु गरिएको थियो ।

Health Tips Ad Road Block