Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

ठोट्ने खोलाको पानी काठमाडौं उपत्यकामा ल्याइने

बजेटमा कृषिले प्राथमिकता पाउँछ : प्रधानमन्त्री

Citizenlife ad 2082 falgun to baishak 2083

ललितपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नीति तथा कार्यक्रमअनुरूप आगामी वर्षको बजेटमा कृषि क्षेत्रलाई उच्च प्राथमिकता दिने सरकारको तयारी रहेको बताएका छन् । ललितपुरको कोन्ज्योसोम गाउँपालिकामा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री दाहालले सरकारको नीति तथा कार्यक्रम र बजेटबाट कृषि क्षेत्रले पर्याप्त लाभ लिनसक्ने बताएका हुन् । नीति तथा कार्यक्रममा उत्पादकत्व वृद्धि र रोजगारी सिर्जनालाई उच्च प्राथमिकता दिएर नीतिगत व्यवस्था गरिएको स्पष्ट पार्दै प्रधानमन्त्री प्रचण्डले कृषिमा फड्को मार्ने हिसाबले अगाडि बढिने बताए ।

सरकारले अघिल्लो महिनामात्रै तेस्रो लगानी सम्मेलन उत्साहजनक रूपमा सम्पन्न गरेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले उक्त सम्मेलनमा ठोट्ने खोलाको पानी प्रयोग गरी उपत्यकाबासीको पानीको समस्या समाधान गर्न विदेशी लगानीकर्ताका लागि परियोजनाको प्रारूप प्रस्ताव गरिएको जानकारी दिए । ‘मेरो विश्वास छ– उक्त प्रस्तावअनुरूप यस आयोजनाका निम्ति विदेशी लगानी जुट्नेछ,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘यसबाट पानीको बहुउपयोग हुने किसिमका बृहत आयोजना सञ्चालन गर्न सम्भव हुनेछ ।’

Health Tips Ad Road Block