ncell 2082 mangsir 29

skip this News Page Tips Ad Road Block

एनसेलले ल्यायो ‘सधैं अन’ योजना

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । एनसेलले ‘सधैं अन’ योजना ल्याएको छ । ‘काठमाडौंमा एक कार्यक्रम गरी सधैँ अन’ नाम रहेको यस योजनाको मुख्य औचित्य ग्राहकहरूलाई आफ्नो ब्यालेन्स खतम हुने डर नराखी डेटा सधैं अन राखेर सशक्त बनाउनु र डिजिटल भविष्यतिर डोर्याउनु रहेको एनसेलले बताएको छ । एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशन जाब्बोर कायुमोभले ‘उपभोक्ताका आवश्यकताहरू परिवर्तन हुँदै जाने र धेरै मोबाइल फोन प्रयोगकर्ताहरूले आफ्ना दैनिक कार्यहरू जस्तै किनमेल, यात्रा, बैंकिङ कारोबार लगायतका कार्यहरू अनलाइनबाटै गर्ने भएकाले उनीहरूलाई ‘सधैँ अन’ अर्थात अनलाइन बस्न इन्टरनेट धेरै आवश्यक हुनेछ भन्दै एनसेलले नयाँ योजना ल्याएको हो ।

‘सधैँ अन’ मार्फत ग्राहकका ब्यालेन्स खतम हुने समस्या समाधान गर्न प्रतिबद्ध रहेको र ग्राहकका सुझावलाई विषेश ध्यानमा राखेर डेटा प्याकलाई सरल बनाउँदै पाँच दर्जन बढी त्यस्ता डेटा प्याकलाई २० वटामा झारेको एनसेलले जनाएको छ । एनसेलका अनुसार यो योजनाको अझ ठूलो उद्देश्य भनेको ग्राहकहरूलाई फाइभजीका लागि तयार पार्नु रहेको छ ।

एनसेलको ‘सधैँ अन’ अन्तर्गत कम्पनीले बेसिक, बेस्ट र अनलिमिटेड गरी ३ वटा समूहमा ८ वटा विभिन्न आकर्षक प्लानहरू सञ्चालनमा ल्याएको छ । यसमा ७ दिनको समयसीमा हरेक दिन रु ९८ बाट सुरु हुने प्याकदेखि २८ दिन समयावधि रहेको रु १४९९ पर्नेसम्मको विभिन्न प्लानहरू रहेका छन् । हरेक प्लानमा डेटा, अल नेपाल कल टक टाइम र अल नेपाल एसएमएसको बण्डलिङ रहेको छ । यी प्लानहरू ग्राहकलाई विद्यमान शुल्कभन्दा दुई गुणा सस्तो शुल्कमा उपलब्ध हुने कम्पनीले जनाएको छ । यसका साथै ‘सधैँ अन’ सुचारु गर्ने ग्राहकले सामाजिक सञ्जाल प्रयोगका लागि निःशुल्क डेटा पनि प्राप्त गर्नेछन् ।

उदाहरणका लागि यदि कुनै ग्राहकले रु ९९ को बेसिक प्लान सुचारु गरेमा ग्राहकले २ जीबी डेटा, १ जीवी निःशुल्क सोसल मिडिया डेटा, ४९ मिनेट अल नेपाल कल टक टाइम र ४९ वटा अल नेपाल एसएमएस प्राप्त गर्नेछन् र यो ७ दिनको लागि मान्य रहनेछ। त्यस्तैगरी रु ४९९ को बेस्ट प्लान सुचारु गर्ने ग्राहकले १२ जीबी डेटा, ५ जीवी निःशुल्क सोसल मिडिया डेटा, ४४९ मिनेट अल नेपाल कल टक टाइम र ४४९ वटा अल नेपाल एसएमएस प्राप्त गर्नेछन् र यो २८ दिनको लागि मान्य रहनेछ ।

ग्राहकले यष्ट्रिक्स १२३‌ ह्यास डायल गरी सजिलै आफ्‌नो आवश्यकताअनुसार कुनै पनि ‘सधैँ अन’ प्लान लिन सक्ने कम्पनीले जानकारी दिएको छ।

 

Health Tips Ad Road Block