काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । नेपाल आयल निगमको सञ्चालक समिति बैठकले पेट्रोल, मट्टितेल र डिजेलको मूल्य घटाएको हो ।
निगमका अनुसार पेट्रोलको मूल्य प्रतिलिटर ७ रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर ५ रुपैयाँले घटेको हो । निगमका अनुसार भारतबाट पेट्रोलमा प्रतिलिटर ६.७५ रुपैयाँ र डिजेल तथा मट्टितेलमा ५.०९ रुपैयाँ घटेर आएपछि नेपालमा पनि घटाइएको हो ।