Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

सर्वोच्च शिखर सगरमाथा आरोहणको बाटो खुल्यो

१० आरोहीद्धारा रुट फिक्सिङ गर्ने काम सम्पन्न गरेसँगै यस सिजनको पहिलो आरोहण

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । सर्वाेच्च शिखर सगरमाथा हिमालचुलीको शिखरसम्म हिमाली बाटो निर्माण (रुट फिक्सिङ) गर्ने काम सम्पन्न भएको छ । पर्यटन विभागको फिल्ड कार्यालयबाट प्राप्त जानकारी अनुसार आज मिति २०८१ साल बैशाख २८ गते तदनुसार १० मे २०२४ बेलुका ८ बजेर १५ मिनेटमा सगरमाथा हिमालचुलीको शिखरसम्म हिमाली बाटो निर्माण गर्ने काम सम्पन्न भएको हो । योसँगै टोलीमा संलग्न दश जना आरोहीहरूले सर्वोच्च चुलीको यस सिजनको पहिलो आरोहण गरेका छन् ।

टालीले आज बिहान ५ बजेबाट सगरमाथाको चौथो शिविरवाट रुट फिक्सिङ कार्य सुरू गरेको थियो । यो आरोहणसँगै सर्वोच्च शिखर सगरमाथाका लागि अनुमतिप्राप्त स्वदेशी तथा विदेशी पर्वतारोहीहरूका लागि आरोहणको बाटो खुलेको विभागले जनाएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको निर्णय अनुसार सन् २०२४ को वसन्त ऋतुमा सगरमाथा हिमालचुलीको दोस्रो शिविरदेखि चुचुरोसम्म हिमाली बाटो निर्माण गर्न पर्यटन विभागबाट पर्वतारोहण संचालक संघलाई जिम्मेवारी प्रदान गरिएको थियो । उक्त संघबाट छनौट भई सेभेन समिट प्रा.लि. ले दोस्रो शिविरदेखि चुचुरोसम्म बाटो निर्माण गर्ने जिम्मा पाएको थियो ।

सेभेन समिट प्रा. लि. का फिल्ड मेनेजर टेन्डी शेर्पाले सगरमाथाको बाटो खोल्ने टोलीलाई आधार शिविरबाट संयोजन गरेका थिए । विभागका अनुसार बाटो खोल्ने कार्यमा टोली प्रमुख दोलखाका मिङ्मार धोन्डुप भनिने डेन्डी शेर्पा, सोलुखुम्बुका तेन्जिङ ग्याल्जेन शेर्पा, संखुवासभाका पेम्बा टासी शेर्पा, संखुवासभाका लाक्पा शेर्पा, संखुवासभाका दावा रिन्जे शेर्पा, संखुवासभाका दावा शेर्पा, सोलुखुम्बुका पाम दोर्जी शेर्पा, संखुवासभाका सुक बहादुर तामाङ्ग, सोलुखुम्बुका नामग्याल दोर्जे तामाङ्घ र संखुवासभाका लाक्पा रिन्जी शेर्पासहित १० जना रहेका थिए ।

Health Tips Ad Road Block