ncell 2082 mangsir 29

skip this News Page Tips Ad Road Block

बीवाइडी गाडी किनेका युरो कप फुटबल हेर्न जाने ११ जना भाग्यशाली छनोट

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । बीवाइडी गाडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंकले युरो कप २०२४ हेर्न जाने भाग्यशाली ११ नेपाली छनोट गरेको छ ।

शुक्रबार कम्पनीले एक कार्यक्रम गरी बीवाइडी गाडी खरिद गरेका ग्राहकमध्येबाट ‘लक्की ड्र’ मार्फत भाग्यशाली ११ जना छनोट गरेको हो । बीवाइडी नेपालका ब्रान्ड एम्बेसडर हरिवंश आचार्य र साइमेक्सका अध्यक्ष अनिल श्रेष्ठले संयुक्तरुपमा लक्की ड्रमार्फत युरो कप २०२४ हेर्न जाने भाग्यशाली विजेता घोषणा गरेका हुन् ।

साइमेक्स इंकले गत फेब्रुअरी २६ देखि मे ५ सम्म बीवाइडी गाडी बुकिङ गर्ने ग्राहकहरूबाट ११ जना विजेता घोषणा गरेको हो । विजेताहरूले जर्मनीमा हुने यूईएफए युरो कप २०२४ का खेल मैदानमा उपस्थित भई प्रत्यक्षरुपमा खेल हेर्न पाउने छन् ।

साइमेक्सका चिफ मार्केटीङ अफिसर समीर श्रेष्ठले ती भाग्यशाली ११ जनालाई बधाइ दिँदै यस्ता योजनाले ग्राहक वर्गलाई सन्तुष्टि प्रदान गर्ने र खेलकुद प्रतिको कम्पनीको समर्थन र प्रतिबद्धतालाई जोड दिने विश्वास व्यक्त गरे ।

Health Tips Ad Road Block