skip this News Page Tips Ad Road Block

बीवाइडी गाडी किनेका युरो कप फुटबल हेर्न जाने ११ जना भाग्यशाली छनोट

काठमाडौं । बीवाइडी गाडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंकले युरो कप २०२४ हेर्न जाने भाग्यशाली ११ नेपाली छनोट गरेको छ ।

शुक्रबार कम्पनीले एक कार्यक्रम गरी बीवाइडी गाडी खरिद गरेका ग्राहकमध्येबाट ‘लक्की ड्र’ मार्फत भाग्यशाली ११ जना छनोट गरेको हो । बीवाइडी नेपालका ब्रान्ड एम्बेसडर हरिवंश आचार्य र साइमेक्सका अध्यक्ष अनिल श्रेष्ठले संयुक्तरुपमा लक्की ड्रमार्फत युरो कप २०२४ हेर्न जाने भाग्यशाली विजेता घोषणा गरेका हुन् ।

साइमेक्स इंकले गत फेब्रुअरी २६ देखि मे ५ सम्म बीवाइडी गाडी बुकिङ गर्ने ग्राहकहरूबाट ११ जना विजेता घोषणा गरेको हो । विजेताहरूले जर्मनीमा हुने यूईएफए युरो कप २०२४ का खेल मैदानमा उपस्थित भई प्रत्यक्षरुपमा खेल हेर्न पाउने छन् ।

साइमेक्सका चिफ मार्केटीङ अफिसर समीर श्रेष्ठले ती भाग्यशाली ११ जनालाई बधाइ दिँदै यस्ता योजनाले ग्राहक वर्गलाई सन्तुष्टि प्रदान गर्ने र खेलकुद प्रतिको कम्पनीको समर्थन र प्रतिबद्धतालाई जोड दिने विश्वास व्यक्त गरे ।

Health Tips Ad Road Block