ev scooty luyuan nepal baishak 2082 15

skip this News Page Tips Ad Road Block

समाजसेवामा सक्रिय बीमा विज्ञ पाण्डे सम्मानित

काठमाडौं । समाजसेवामा सक्रिय शिक्षा सेवी एवं बीमा विज्ञ रूका पाण्डे सम्मानित भएकी छिन् ।

फोकस नेपालले राष्ट्रिय नाचघर जमलमा ‘समुन्नत नेपाल निर्माणमा सामाजिक संघ संस्थाहरुको भूमिका’ विषयक विचार गोष्ठी एवं सांस्कृतिक कार्यक्रमका अवसरमा समाजसेवामा संलग्न र शिक्षा सेवी पाण्डे सम्मानित भएकी हुन् । राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालको उपस्थितिमा बीमा विज्ञ पाण्डे सम्मानित भएकी हुन् । पाण्डेले राष्ट्रिय अन्तर्राष्ट्रियरुपमा बीमा, शैक्षिक, सेवामुलक तथा सामाजिक काममार्फत योगदान गर्दै आइरहेकी छन् ।

कार्यक्रममा राष्ट्रिय सभाका अध्यक्ष दाहालले आफ्नै मुलुकमा रहेर देशको उन्नति र समृद्धिमा योगदान पुर्याउनेहरुलाई सम्मान गर्न पाउँदा खुसी लागेको बताए ।

पाण्डे विगत लामो समयदेखि बीमा क्षेत्रमा सकिय रहेकी छन् । डिल्लीबजारको कन्या क्याम्पसमा अध्यापन गराइरहेकी पाण्डेले पढ्न नसक्नेहरुका लागि आवश्यक सहयोग गर्दै आएकी छन् ।

Health Tips Ad Road Block