ncell 2082 mangsir 29

skip this News Page Tips Ad Road Block

रुसमा पुनः श्रम स्वीकृति खुला गर्न एनआरएनएद्वारा नेपाल सरकारको ध्यानाकर्षण

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । गैरआवासीय नेपाली संघले रुसमा पुन श्रम स्वीकृति खुला गर्न नेपाल सरकारको ध्यानाकर्षण गराएको छ । रुस–युक्रेन द्वन्द्व, रुसमा नेपालीहरु अवैधानिक रुपमा सेनामा भर्ति भएको लगायतका कारण देखाई यसअघि सरकारले बन्द गरेको श्रम स्वीकृति संघकै पहलमा खुला गरिएपनि सरकारले पुनः चैत २० गते मंगलबारबाट बन्द गरेपछि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालमार्फत नेपाल सरकारको ध्यानाकर्षण गराइएको हो ।

गैरआवासीय नेपाली संघका डा. बद्री केसी नेतृत्वको प्रतिनिधिमण्डलले मन्त्री अर्यालसँग मन्त्रालयमा भेटघाट गरेको हो । भेटमा डा. केसीले कुनैपनि कुरामा समस्या आउनासाथ त्यसमा प्रतिबन्ध लगाउने भन्दापनि त्यसलाई व्यवस्थित बनाएर अघि बढ्नुपर्ने भन्दै श्रम स्वीकृति खुल्ला गर्नुपर्नेमा जोड दिए । जवाफमा मन्त्री अर्यालले रुसको विषय कुनै मन्त्रालयगत मात्रै विषय मात्रै नभई समग्र राज्य सरोकारको विषय भएकोले सरकारले यथोचितरुपमा समाधान गर्ने र त्यसका लागि आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए ।

यता एनआरएनएले नयाँ गन्तव्य मुलुकसँग जि टु जी मार्फत सम्झौता गरेर व्यवस्थित रुपमा कामदार पठाउन आग्रह गरेको छ । पछिल्लो समय रोजगार गन्तव्य बनेका क्रोएशिया,रोमनिया लगायतका यूरोपेली मुलुकहरुमा नबुझीकनै जाने र समस्यामा पर्ने, दलालबाट ठगिने, लगायतका समस्या बढ्दै गएकोले अवगत गराउँदै सरकारी तहबाटै नयाँ गन्तव्य मुलुकको पहिचान गरेर सम्झौता गरी श्रम स्वीकृति दिएर व्यवस्थित तरिकाले कामदार उठाउन एनआरएनएले सुझाएको हो ।

त्यसैगरी कुवेतमा अवैधानिक रुपमा रहेका नेपालीलाई तत्काल स्वदेश फिर्ता ल्याउन पनि एनआरएनएले सरकारको ध्यानाकर्षण गराएको छ । साथै नीति निर्माण तहमा एनआरएनएलाई सहभागी गराउन उनीहरुको आग्रह रहेको छ ।

Health Tips Ad Road Block