Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

वैदेशिक रोजगारीका हुने ठगी डरलाग्दो

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौँ । वैदेशिक रोजगारीका नाममा हुने ठगी डरलाग्दो रुपमा देखिएको छ । वैदेशिक रोजगार विभागका अनुसार आर्थिक वर्ष २०८२/८३ को माघसम्म छ हजार ८५० वटा उजुरी दर्ता भएका छन् । वैदेशिक रोजगारीमा जाने अधिकांश युवा गाउँघरकै दाजुभाइ, दिदीबहिनी, आफन्त र शहरका वैदेशिक रोजगार व्यवसायी कम्पनी, ट्राभल एजेन्सी, एजुकेसन कन्सल्टेन्सीलगायतबाट ठगिने गरेका छन् ।

विभागका अनुसार यस अवधिमा सबैभन्दा बढी उजुरी मुद्दा र अनुसन्धान शाखामा परेका छन् ।

ती दुई हजार ९८७ वटा रहेको जनाइएको छ । यस अवधिमा दर्ता भएका उजुरीमध्ये २९५ वटा मिलापत्र र १९६ वटा अदालतमा मुद्दा दायर भएको विभागले जनाएको छ । सो अवधिमा मिलापत्र गराउँदा पीडकबाट पीडितलाई क्षतिपूर्तिबापत १२ करोड १८ लाख ५३ हजार ५०४ रुपैयाँ भराइएको छ । विभागका अनुसार यस शाखामा सो अवधिमा परेका उजुरीमध्ये चार हजार ९३७ वटा उजुरी छानबिन भइरहेको छ ।

Health Tips Ad Road Block