एजेन्सी । अमेरिकाको टेक्ससमा एक व्यक्तिमा बर्ड फ्लूको सङ्क्रमण पुष्टि भएको छ । अमेरिकामा भएको उक्त पुष्टिपछि व्यापकरुपमा कुखुरापालन गर्ने र कुखुराको मासु उपभोग गर्ने नेपालमा पनि उच्च सतर्कता अपनाउनुपर्ने देखिएको छ ।
नेपालमा पनि बेला–बेलामा कुखुरामा बर्ड फ्लू देखिएको घटनालाई मध्यनजर गर्दा मानवमा सर्ने जोखिम उच्च रहेकाले सतर्क हुनुपर्ने विज्ञहरु बताउँछन् । नेपालमा सन् २०१९ मा काभ्रेका एक २१ वर्षीय पुरुषमा बर्ड फ्लूको संक्रमणबाट निदन भएको सरकारी तथ्याँक छ ।
पछिल्लो समय मानिसमा बर्ड फ्लूको त्रास बेला बेला देखिने गरेको छ ।