काठमाडौं । आज पनि नेपाली बजारमा सुनको मूल्य तोलामा २ हजार रुपैयाँले बढेको छ । हिजो तोलामा ३ हजार ८ सय रुपैयाँले बढेको सुनको मूल्य आज पनि बढेको हो ।
आज मूल्य बढेर सुन प्रतितोला ३ लाख १९ हजार रुपैयाँमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
चाँदीको मूल्य भने आज स्थिर रहेको छ । आज पनि चाँदी प्रतितोला ५७२० रुपैयाँ रहेको महासंघले जनाएको छ ।






















