Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

मध्यपूर्व तनावका कारण ९ देशको हवाइ उडान रोकियो

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौँ । पश्चिम एसियाका देशमा चर्किएको युद्ध र हवाईक्षेत्र बन्दका कारण नेपालबाट नौ वटा देशमा अन्तर्राष्ट्रिय उडान रोकिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार फागुन २८ देखि बुधबारसम्म पूर्वनिर्धारित १०४ अन्तर्राष्ट्रिय उडान अवतरण रद्द भएका छन् । युद्धको त्रासदीबिच उडान रद्द भएपछि बुधबारसम्म पश्चिम एसियाका देशबाट नेपाल आउने र नेपालबाट जाने करिब १७ हजार यात्रुको उडान प्रभावित भएको छ ।

विमानस्थलका प्रवक्ता सन्तुष्टकुमार बस्नेतका अनुसार पश्चिम एसियामा तनावकै बिच बुधबार फ्लाई दुबईले काठमाडौँमा उडान सुरु गर्ने तयारी गरे पनि जजिरा एयरलाइन्स, कुवेत एयरलाइन्स, एयर अरेबिया, नेपाल एयरलाइन्स, कतार एयरवेज र हिमालय एयरलाइन्सले उडान रद्द गरेका छन् ।

उनका अनुसार कतार, युएई, कुवेत, इरान, इराक, इजरायल, जोर्डन, लेबनान र बहराइनको हवाईक्षेत्रमा प्रतिबन्ध हुँदा खाडीका विभिन्न गन्तव्यको उडान रोकिएको छ ।

फागुन २८ गतेयता उडान स्थगनबाट प्रभावित यात्रुलाई सहुलियत दिन हवाईसेवा कम्पनीले एक पटक मिति परिवर्तन गर्दा लाग्ने शुल्क नलाग्ने, टिकट फिर्ता लिँदा शुल्क नकाट्ने र सिट उपलब्धताका आधारमा पहिले आउनेलाई पहिले सेवा दिने सुविधा दिएका छन् । उक्त सुविधा उडान नियमित भएको ४५ दिनभित्र प्रयोग गर्नुपर्ने छ ।

वायुसेवा कम्पनीले हवाईक्षेत्र खुल्ने समय निश्चित नभएकाले प्रभावित यात्रुलाई सम्पर्कमा रहन र निरन्तर उडान अवस्थाबारे अद्यावधिक जानकारी लिन आग्रह गरेका छन् ।

 

Health Tips Ad Road Block