Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

आज मध्यरातदेखि भोट हाल्ने समय भोलि साँझ पाँच बजेसम्म गाडी चलाउन नपाइने

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै आज (बुधबार) राति १२ बजेदेखि अतिआवश्यक सेवाबाहेक सबै सवारी साधन सञ्चालनमा रोक लगाइएको छ । निर्वाचन सुरक्षा कडा पार्दै मतदान सम्पन्न नहुन्जेलसम्म भोलि साँझ सवारी साधन सञ्चालनमा रोक लगाइएको हो । यद्यपि, अत्यावश्यक सेवा र निर्वाचन आयोगबाट प्राप्त पास भएका सवारी साधन भने निर्वाधरूपमा सञ्चालन हुने छन् । निर्वाचन आयोगले आवश्यक सुरक्षा व्यवस्थाको लागि सवारी साधन नियन्त्रणको सिफारिस सरकारलाई गरेको थियो । सोही सिफारिस अनुसार बुधबार राति १२ बजेदेखि बिहीबार साँझ ५ बजेसम्म सवारी साधन सञ्चालनमा रोक लाग्ने निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरेले जानकारी दिए । उनका अनुसार मतदान कार्य सम्पन्न नहुन्जेलसम्म अतिआवश्यक सेवाबाहेकका सबै सवारी साधन चलाउन नपाइने छ । आयोगले तीन प्रकारका सवारी साधनलाई सञ्चालन अनुमति दिएको छ ।

अतिआवश्यक सेवाका सवारी साधन – एम्बुलेन्स, दमकल, शववाहन, रक्तसञ्चारका सवारी, खानेपानी तथा विद्युत् मर्मतसम्बन्धी सवारी साधन, कुटनीतिक नियोगका निलो प्लेट भएका सवारी साधन, निर्वाचन आयोग तथा सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट स्वीकृत पास प्राप्त सवारी साधन , सूचना अधिकारी घिमिरेले मतदाता र यात्रुहरूलाई आफ्नो गन्तव्यमा पुग्न सवारी बन्द हुनुअघि नै तयारी गर्न आग्रह गरे ।

आयोगले निर्वाचन अवधिमा सवारी प्रयोग गर्दा कुनै अवरोध वा समस्या आएमा नजिकको सुरक्षा निकायसँग समन्वय गर्न अनुरोध गरेको छ । आवश्यक परेमा सुरक्षा निकायले निर्वाचन आयोगसँगको समन्वयमा सहजीकरण गर्ने व्यवस्था मिलाइने आयोगले जनाएको छ ।

Health Tips Ad Road Block