skip this News Page Tips Ad Road Block

पोखरा महानगरपालिकाले तोक्यो ट्याक्टरले जोत्दा लाग्ने सेवाशुल्क, कति पर्छ ?

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । पोखरा महानगरपालिकाले महानगरभित्र ट्र्याक्टर जोताइको सेवा शुल्क तोकेको छ । एक सूचनामार्फत महानगरले शुल्क तोकेको हो ।

महानगरपालिका क्षेत्रभित्र कृषि कार्यमा प्रयोग हुने ठूलो ट्र्याक्टर तथा मिनिटिलर (हाते ट्र्याक्टर) कृषि मेशिनरीको भाडा दरमा एकरुपता ल्याउन, कृषकहरुलाई सुलभ दरमा सेवा उपलब्ध गराउन र कृषि उत्पादन लागत घटाउने उद्देश्यका शुल्क तोकिएको महानगरले स्पष्ट पारेको छ ।

महानगरपालिका यातायात ब्यवस्थापन समिति, कृषि संजाल तथा सम्बद्ध सरोकारवाला निकायहरु बीच सोमबार बसेको संयुक्त बैठकको निर्णय बमोजिम महानगर क्षेत्रभित्र निर्धारण गरिएको भाडा दर निर्धारण गरिएको छ ।

सूचनाअनुसार भाडा शुल्क यसप्रकार छ

१. मिनिटिलर (हाते ट्र्याक्टर) को भाडा दरः

आफ्नै लगानीमा खरिद गरेकोमा प्रति घण्टा १,०२० रुपैयाँ ।
अनुदान प्राप्त यन्त्रको हकमा प्रति घण्टा नौ सय रुपैयाँ ।

२. ठूलो ट्याक्टरको भाडा दरः

३० मिनेट भन्दा बढी सञ्चालन भएको खण्डमा प्रति घण्टा तीन हजार चार सय रुपैयाँ मात्र ।
३० मिनेट भन्दा कम सञ्चालन भएको खण्डमा प्रति मिनेट साठी रुपैयाँ ।

मूल्य समायोजन सम्बन्धी व्यवस्था बजारमा इन्धनको मूल्यमा हुने घटबढ र फेरबदलका आधारमा उक्त भाडा दरमा नियमानुसार समयसापेक्ष समायोजन गरिने महानगरले जनाएको छ।

यो निर्णय सोमबारदेखि पोखरा महानगरपालिका क्षेत्रभित्र तत्काल लागू हुने बताइएको छ। तोकिएको दरभन्दा बढी शुल्क लिएको वा कृषकहरुलाई मर्का पारेको पाइएमा प्रचलित कानुन, स्थानीय ऐन तथा नियमावली अनुसार सम्बन्धित वडा कार्यालयले तत्काल आवश्यक कारबाही प्रक्रिया अगाडि बढाउने चेतावनी दिइएको छ ।
महानगरले महानगरपालिका क्षेत्रभित्र कार्यरत सम्पूर्ण कृषि समूह, सहकारी, कृषि यन्त्र सञ्चालक तथा सरोकारवालाहरुलाई उक्त निर्धारित दररेट पूर्ण रूपमा पालना गरी सहयोग पुर्याइदिन अनुरोध गरेको छ ।

Health Tips Ad Road Block