skip this News Page Tips Ad Road Block

पोखरा बसपार्क क्षेत्रका सुकुम्बासी स्थानान्तरणका लागि १० दिनभित्र जग्गा खोजीने

Citizenlife ad 2082 falgun to baishak 2083

कास्की । पोखरा महानगरपालिका वडा नं. ९ पोखरा बसपार्क क्षेत्रमा बसोबास गरिरहेका सुकुम्वासी तथा भूमिहीन सुकुम्वासी परिवारहरूको स्थानान्तरणका लागि उपयुक्त जग्गा पहिचान तथा सिफारिस गर्ने गरी जग्गा व्यवस्थापन (खोजी) समिति गठन गरिएको छ ।

पोखरा महानगरपालिका वडा नं. १७ की वडाध्यक्ष राधिका कुमारी शाही योगीको संयोजकत्वमा समिति गठन भएको हो । समितिको सदस्यमा वडा अध्यक्षहरू दीपेन्द्र मर्सानी, तोरण बानियाँ, बोधराज कार्की, वडा नं.२५ की कार्यवाहक अध्यक्ष धना पोख्रेल, नापी शाखा प्रमुख सीता कार्की र सदस्य सचिवमा महानगरका प्रशासकीय अधिकृत टिकाराम बजगाईँ रहेका छन् ।

समितिलाई १० दिनको कार्यादेश दिइएको नगर प्रमुख धनराज आचार्यले बताएका छन् ।

Health Tips Ad Road Block