काठमाडाैंँ । स्मार्ट टेलिकम प्रा.लि.का सञ्चालक सर्वेश जोशी पक्राउ परेका छन् ।
नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरोले ठगी तथा आपराधिक विश्वासघात सम्बन्धी कसूरमा जोशीलाई पक्राउ गरेकाे हाे ।
के छ कसूर ?
ब्यूराेका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक शिव कुमार श्रेष्ठद्वारा जारी विज्ञप्तिमा भनिएकाे छ, ” प्रस्तुत विषयमा नेपाल दूरसञ्चार प्राधिकरण जमल काठमाडौंबाट मिति २०७०।०१।०२ गते दूर सञ्चार सेवा सञ्चालन गर्नको लागि आधारभूत टेलिफोन सेवाको अनुमतिपत्र (नं. BTSL-01) लिई सञ्चालन भएको “स्मार्ट टेलिकम प्रा. लि.” ले नियमानुसार अनुमतिपत्र नवीकरण नगरेको कारणबाट दूरसञ्चार ऐन, २०५३ को दफा २५ को उपदफा (५) बमोजिम मिति २०८०/०१/०३ गतेदेखि अनुमतिपत्र स्वतः रद्द भएकोमा दूरसञ्चार सेवा प्रदायकको सम्पत्ति व्यवस्थापन नियमावली, २०७९ को नियम १८ बमोजिम सम्पूर्ण सम्पत्ति, दूरसञ्चार पूर्वाधार, संरचना, दूरसञ्चार प्रणाली र दूरसञ्चार सञ्जाल नेपाल दूरसञ्चार प्राधिकरणले नियन्त्रणमा लिएकोमा नेपाल सरकारको सम्पत्ति बेइमानी पूर्वक नेपाल सरकारको हक टुटाउने उदेश्यका साथ कार्य गरी गराई ठगी तथा आपराधिक विश्वासघात कसूरमा संलग्न जिल्ला काठमाडौं का.म.पा. वडा नं. २ खुर्सानीटार बस्ने वर्ष ४५ को सर्वेश जोशीलाई सम्मानित काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति समेत लिई ऐ. खुर्सानीटार काठमाडौंबाट मिति २०८३/०१/२१ गते पक्राउ गरी अनुसन्धान भईरहेको।”






















