Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

होल्डिङ सेन्टरमा राखिएका नागरिकलाई मानवोचित व्यवहार गर्न इन्सेकको आग्रह

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौँ । काठमाडौँका विभिन्न सुकुम्बासी बस्तीबाट हटाइ होल्डिङ सेन्टरमा राखिएका नागरिकलाई मानवोचित व्यवहार गर्न इन्सेकले सरकारसँग आग्रह गरेको छ ।

इन्सेकका अध्यक्ष विजयराज गौतमद्वारा हस्ताक्षरित विज्ञप्तिमा होल्डिङ सेन्टरमा इन्सेकले गरेको अनुगमनका क्रममा नागरिकहरूको बसोबास, सरसफाइ, स्वास्थ्य सेवा, सफा खानेपानी तथा पर्याप्त खानाको अभाव भएको तथ्य पाइएको उल्लेख छ ।

बलपूर्वक विस्थापनबाट प्रभावित समुदायको आवासको अधिकार, रोजगारी तथा जीविकोपार्जनको स्रोत, बालबालिकाको शिक्षा तथा स्वास्थ्य सेवामा पहुँचमा प्रत्यक्ष असर पुर्‍याएको तथा घर तथा आश्रय गुमाउनु केवल भौतिक क्षति मात्र नभई, यसले व्यक्तिको सामाजिक सञ्जाल, सुरक्षा भावना र मानवीय गरिमामा समेत गहिरो चोट पुगेको विज्ञप्तिमा उल्लेख छ ।

सुकुम्बासी समस्याको न्यायोचित समाधानका लागि स्पष्ट नीति, कानुनी आधार र संस्थागत संयन्त्र विकास गर्न साथै ज्येष्ठ नागरिक, महिला, बालबालिका, अपाङ्गता भएका व्यक्ति तथा अन्य सीमान्तकृत समुदायलाई विशेष प्राथमिकता दिँदै उनीहरूको अधिकार, सुरक्षा र विशेष अवस्था तथा आवश्यकताको सम्बोधन सुनिश्चित गर्न विज्ञप्ति मार्फत सरकारको ध्यानाकर्षण गराइएको छ ।

Health Tips Ad Road Block