काठमाडौं । दुई दिनमा नेपाली बजारमा सुनको मूल्य तोलामा ६ हजार रुपैयाँले घटेको छ ।
मंगलबार तोलामा ३ हजारले घटेको थियो भने आज फेरि तोलामा ३ हजार रुपैयाँले सुनको मूल्य घटेको हो ।
मूल्य घटेर सुन प्रतितोला २ लाख ९४ हजार ५ सय रुपैयाँमा आइपुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज चाँदीको मूल्य पनि घटेर प्रतितोला ४९१५ रुपैयाँमा आइपुगेको महासंघले जनाएको छ ।
दुई दिनमा चाँदकिो मूल्य तोलामा १३० रुपैयाँले घटेको छ ।






















