काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियमको मूल्य ६८.३ प्रतिशतले बढेको छ ।
नेपाल राष्ट्र बैंकले दिएको जानकारीअनुसार अन्तर्राष्ट्रिय बजारमा २०८२ बैशाख मसान्तमा प्रति ब्यारल अमेरिकी डलर ६५.९१ रहेको कच्चा पेट्रोलियमको मूल्य २०८३ बैशाख मसान्तमा ११०.९१ डलर कायम भएको छ । यो ६८.३ प्रतिशतले वृद्धि हो ।
त्यसैगरी अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य ४६.७ प्रतिशतले बढेको छ ।
राष्ट्र बैंकका अनुसार अन्तर्राष्ट्रिय बजारमा २०८२ बैशाख मसान्तमा प्रति आउन्स सुनको मूल्य अमेरिकी डलर ३१९१.९५ रहेकोमा २०८३ बैशाख मसान्तमा अमेरिकी डलर ४६८३.०५ मा पुगेको छ ।





















