Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

विस्थापित सुकुम्बासीका लागि विशेष स्वास्थ्य शिविर आयोजना गरिने

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौँ । उपत्यकाका विभिन्न स्थानबाट अस्थायी रूपमा स्थानान्तरण गरिएका सुकुम्बासी तथा विपन्न परिवारहरूको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै, नेपाल सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक मानवीय कदम चालेको छ। स्वास्थ्य मन्त्री नीशा मेहताको विशेष पहल र निर्देशनमा, सङ्कट र रूपान्तरणको यस घडीमा सीमान्तकृत नागरिकलाई आडभरोसा दिन कीर्तिपुरमा बृहत् स्वास्थ्य शिविर आयोजना गरिँदैछ। वैशाख १९ गते शिविर आयोजना हुन लागेको हो ।

पछिल्लो समय काठमाडौँ उपत्यकामा सुकुम्बासी बस्ती व्यवस्थापन तथा स्थानान्तरणको क्रममा नागरिकहरूले भोग्नुपरेको कठिनाइ र सम्भावित स्वास्थ्य जोखिमलाई सरकारले गम्भीरतापूर्वक लिएको छ। अस्थायी बासस्थानमा सरसफाइको कमी, मौसमको प्रभाव र मानसिक तनावका कारण उब्जिन सक्ने स्वास्थ्य समस्याहरूलाई समयमै सम्बोधन गर्न यो शिविरको आवश्यकता महसुस गरिएको हो। ‘विपन्न र असहाय नागरिकको स्वास्थ्य अधिकार सुनिश्चित गर्नु राज्यको पहिलो दायित्व हो’ भन्ने स्वास्थ्य मन्त्री मेहताको स्पष्ट दृष्टिकोणलाई मूर्त रूप दिँदै मन्त्रालयले यो कदम चालेको हो।

यस प्रथम चरणको ुसामान्य स्वास्थ्य परीक्षण, स्वास्थ्य शिक्षा तथा परामर्शु कार्यक्रमलाई प्रभावकारी रूपमा सञ्चालन गर्न मन्त्रालयको स्वास्थ्य समन्वय महाशाखाले देशकै प्रमुख केन्द्रीय अस्पताल, वीर अस्पताललाई आवश्यक विशेषज्ञ चिकित्सक र जनशक्ति तत्काल परिचालन गर्न निर्देशन दिइसकेको छ। मन्त्रालयको यो द्रुत र प्रभावकारी कार्यले नागरिकलाई केवल स्थानान्तरण मात्र गरिएको छैन, उनीहरूको स्वास्थ्य र आधारभूत आवश्यकताप्रति पनि राज्य उत्तिकै उत्तरदायी र संवेदनशील छ भन्ने स्पष्ट सन्देश दिएको मन्त्रालयको भनाइ छ।

Health Tips Ad Road Block