Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

डिजेलको मूल्य लिटरमै ३० रुपैयाँले बढ्यो, लिटरको अब कति पर्दछ ?

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । नेपाल आयल निगमले डिजेल/मट्टितेलमा प्रति लिटर रु. ३० ले र हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर रु. ५ ले वृद्धि गरेको छ । आज बिहानदेखि लागु हुनेगरी यो मूल्य वृद्धि भएको हो ।

पेट्रोलको मूल्य हाललाई यथावत कायम गरिएको छ । यसरी मूल्य समायोजन पश्चात पनि डिजेलमा प्रति लिटर रु. ९९.१६ ले अझै घाटा हुने निगमले जनाएको छ ।

विगत महिनादेखि मध्यपूर्वमा जारी रहेको युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको निरन्तर मूल्यवृद्धि भइरहेको र सो युद्धका कारण पेट्रोलियम पदार्थको अन्तर्राष्ट्रिय बजारमा निरन्तर मूल्य वृद्धि भई इण्डियन आयल कर्पोरेशनबाट प्राप्त मूल्य अनुसार स्वचालित मूल्य प्रणाली बमोजिम मूल्य समायोजन हुन नसकेको निगमले जनाएको छ ।

पेट्रोलियम पदार्थको लागत मूल्य बढी र विक्री मूल्य कम भएको कारणले मूल्य समायोजन गर्दा समेत पेट्रोलमा प्रति लिटर रु. २.३२, डिजेलमा प्रति लिटर रु. ८७.९९, मट्टितेलमा रु. ३६.७० र एलपी ग्यासमा प्रति सिलिण्डर रु. ३३१.२५ घाटा कायम नै रही पाक्षिक (१५ दिन)मा करिव ७ अर्व ८१ करोड ६१ लाख घाटा भएको निगमले जनाएको छ ।

यसरी मूल्य समायोजनपछि अब पहिलो वर्ग अन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा डिजेल र मट्टितेलको प्रति लिटर रु. २३४.५० पैसा पर्नेछ । दोस्रो वर्ग अन्तर्गत सुर्खेत र दाङ्गमा डिजेल र मट्टितेलको प्रति लिटर २३६ रुपैयाँ पर्दछ । त्यसैगरी तेस्रो वर्ग अन्तर्गत काठमाडौं, पोखरा र दिपायल मा डिजेल र मट्टितेलको प्रति लिटर २३७ रुपैयाँ पर्दछ ।।

यसरी पेट्रोलियम पदार्थको खुद्रा विक्री मूल्य समायोजन गर्दा पनि निगमलाई पाक्षिक रुपमा रु.५ अर्व ७५ करोड घाटा हुने बताएको छ ।

Health Tips Ad Road Block