skip this News Page Tips Ad Road Block

इन्धन लगायतका निर्माण सामाग्रीमा भएको मूल्यवृद्धिका कारण संकटमा निर्माण उद्योग

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । मध्यपूर्वमा जारी युद्धका कारण निर्माण उद्योगमा अत्याधिक प्रयोग हुने डिजेल, पेट्रोल, मट्टितेल लगायतका इन्धन सामग्रीहरू सहित निर्माण कार्यमा व्यापक प्रयोग हुने बिटुमिन, सिमेण्ट, डण्डी जस्ता निर्माण सामाग्रीहरूमा निरन्तर भइरहेको अप्रत्याशित एवं अत्यधिक मूल्यवृद्धिप्रति गम्भीर ध्यानाकर्षण भएको नेपाल निर्माण व्यवसायी महासंघले जनाएको छ । महासंघका महासचिव शिवहरि घिमिरेले एक विज्ञप्ति जारी गर्दै बजारमा निर्माण सामाग्रीहरूको अत्याधि मूल्यवृद्धिसँगै तिनको अभावले निर्माण उद्योग थप मर्कामा परेको उल्लेख गरेका छन् । ‘निर्माण कार्य तीव्ररुपमा हुने समयमै इन्धन सामग्रीहरू सहित निर्माण सामाग्रीहरूमा निरन्तर भइरहेको मूल्यवृद्धि एवं अभावले निर्माण व्यवसायीहरूलाई ठूलो आर्थिक भार परेको छ’ महासचिव घिमिरेद्वारा जारी विज्ञप्तिमा अगाडि भनिएको छ ।

यसैबीच महासंघको हालै सम्पन्न २६ औं साधारण सभा एवं १३औं अधिवेशनबाट निर्वाचित कार्य समितिको सोमबार सम्पन्न पहिलो बैठकले पूर्वाधार मैत्री हुने गरी सार्वजनिक खरिद ऐन संशोधन गर्न सरकार समक्ष अनुरोध गरेको छ । त्यस्तै प्रत्येक आयोजनामा मूल्यवृद्धि भए अनुरुप मूल्य समायोजनको मार्ग निर्देशिका—२ तत्काल जारी गर्न नेपाल सरकारका सम्बन्धित् निकाय समक्ष बैठकले जोडदार माग गरेको छ ।

बैठकले महासंघका नवनिर्वाचित अध्यक्ष निकोलस पाण्डे नेतृत्वको प्रतिनिधिमण्डलसँग भौतिक पूर्वाधार तथा यातायात एवं शहरी विकास मन्त्री सुनिल लम्सालसँग भएको छलफलमा शिघ्र निर्देशिका जारी गरेर मूल्यवृद्धिको समस्या सम्बोधन गरिने मन्त्री लम्सालको प्रतिबद्धता सकारात्मक रहेको ठहर गरेको छ । उक्त प्रतिबद्धता कार्यान्वयनका लागि मन्त्री लम्सालको पुनः ध्यानाकर्षण गराउँदै बैठकले सबै अवधिका ठेक्काको हकमा पनि मूल्य समायोजनको व्यवस्था गरिने मन्त्री लम्सालको प्रतिबद्धताको स्वागत गरेको छ ।

Health Tips Ad Road Block