Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

सभामुखमा डिपी अर्याल निर्विरोध

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौँ । सङ्घीय संसद् प्रतिनिधि सभाको सभामुख पदको उम्मेदवारमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का डोलप्रसाद (डिपी) अर्याल निर्विरोध निर्वाचित भएका छन् । उनको मात्रै एकल मनोनयन दर्ता भएपछि उनी निर्विरोध निर्वाचित भएका हुन् ।

अर्यालको प्रस्तावकमा पार्टी सभापति रवि लामिछाने र समर्थकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्रीसमेत रहेकी सोविता गौतम, अर्थमन्त्री स्वर्णिम वाग्ले र पार्टी महामन्त्री सुनील लम्साल रहेका छन् ।

संसद सचिवालयले शुक्रबार नै उम्मेदवारको नामावलीसमेत प्रकाशन गरेको छ । जसमा अर्यालको मात्र मनोनयन भएको विवरण उल्लेख छ । एकल मनोनयन दर्ता भएसँगै अर्याल सभामुखमा निर्विरोध भएका हुन् । उनको औपचारिक घोषणा भने चैत २२ गते बस्ने प्रतिनिधि सभाको बैठकबाट हुनेछ ।

Health Tips Ad Road Block