काठमाडौं । मतगणना सुरु गरिएको स्थानको पछिल्लो अपडेटअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले देशभर ७० स्थानमा अग्रता लिएको छ । एक स्थानमा रास्वपा विजयी भइसकेको छ ।
रास्वपापछि नेपाली काँग्रेसले ६ स्थानमा अग्रता लिएको र एक स्थानमा विजयी भइसकेको निर्वाचन आयोगले जनाएको छ ।
नेकपा एमालेले ६ स्थानमा अग्रता, चौथोमा नेपाली कम्युनिष्ट पार्टी ३ स्थानमा अग्रता कायम गरेको छ ।
प्रगतीशिल लोकतान्त्रििक पार्टी( प्रलोपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र श्रम संस्कृति पार्टीले एक/एक स्थानमा अग्रता लिइरहेका छन् ।






















