Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

एनसी एग्रोटेकले पूँजी वृद्धि गर्दै, १ बराबर ०.३५ अनुपातमा संस्थापकहरुका लागि हकप्रद खुलाउँदै

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । राजा च्याउको उत्पादनमार्फत बजार ख्याति कमाएको एनसी एग्रोटेक इन्डष्ट्रिज लिमिटेडले शेयर वृद्धि गर्ने निर्णय गरेको छ । कम्पनीले सोमबार विशेष साधारण सभा गरी पूँजी वृद्धिको निर्णय पारित गरेको हो । त्यसअनुसार कम्पनीले आफ्नो पूँजीलाई १ अर्बबाट बढाएर डेढ अर्ब पुर्याउने भएको छ ।

सोही प्रयोजनका लागि कम्पनीले संस्थापक शेयरधनीहरुका लागि हकप्रद शेयर निष्काशन गर्दैछ । कम्पनीले १ बराबर ०.३५ अनुपातमा हकप्रद निष्काशन गर्नेछ । एक सूचनामार्फत कम्पनीले हकप्रद निष्काशन गर्न लागेको जनाएको हाे ।

फागुन २९ देखि चैत १२ गतेसम्म यो हकप्रदमा आवेदन दिन सकिनेछ ।

कम्पनीले निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्नेछ ।

नेपालमा कृषि क्षेत्रमा नेतृत्वदायी भूमिकमा निर्वाह गर्दै आएको कम्पनी सन् २०१८ देखि सञ्चालनमा रहेको छ । एनसी एग्रोटेक इण्ड्रष्ट्रिजको केन्द्रीय कार्यालय सोल्टिमोड, काठमाडौंमा रहेको छ भने उत्पादन स्थल पूर्वनवलपरासी गैँडाकोट, नवलपुरमा रहेको छ ।

कम्पनीले नेपाल सरकारको कृषि दशकको अभियानमा कृषि क्षेत्रलाई सफल बनाउने अभियानअन्तर्गत कृषि उत्पादन भई खेर गएका सामग्रीको स्वदेशी कच्चापदार्थ प्रयोग गरेर ताजा च्याउ उत्पादन गर्दै आएको छ । कम्पनीले औषधीय महत्व बोकेका यार्सागुम्बा, गानोडरमा (रातो च्याउ) लगायतका च्याउहरु र च्याउलाई अत्याधुनिक प्रविधिबाट प्रशोधन गरी ड्राई मसरुम, मसरुम सुप तथा क्यान मसरुम आदि बनाइरहेको छ । नेपाललाई च्याउमा आत्मनिर्भर बनाउने र उत्पादित च्याउ विदेश समेत निर्यात गर्ने उद्देश्यले गोब्रे च्याउ उत्पादन गर्नका लागि आवश्यक कच्चा पदार्थ (कम्पोस्ट) उत्पादन गरी नेपालभरका किसान तथा ठूला व्यावसायिक कृषकलाई बिक्रीवितरण गर्ने कार्य कम्पनीमार्फत हुँदै आएको छ । कम्पनीले च्याउ टिपिसकेपछि बाँकी रहेको कम्पोस्ट तथा बाँस प्रशोधन गर्दा निस्कने भुसलाई कोइलामा परिणत गरी वातावरणमैत्री कार्यहरु गर्दै आएको छ । त्यस्तै नेपालमा च्याउको व्यावसायिक तालिम दिने र च्याउ उत्पादनको प्रविधि तथा सबै खालका च्याउका बिउबीजन समेत उपलब्ध गराउने कार्य कम्पनीले गर्दै आइरहेको छ । यसका साथै कम्पनीले बाँसको टुथपिक, ससेज सिन्का, अगरबत्ती सिन्का, मुडाको सिन्कालगायत बाँसका अन्य सामग्रीसमेत उत्पादन गर्दै आइरहेको छ ।

Health Tips Ad Road Block