काठमाडौं । साताको तेस्रो कारोबार दिन आज मंगलबार पनि नेपाली बजारमा सुनको मूल्य तोलामा १३ सय रुपैयाँले बढेको छ । हिजो पनि सुनको मूल्य तोलामा ३२ सय रुपैयाँले बढेको थियो ।
आज मूल्य बढेर सुन प्रतितोला ३ लाख १४ हजार ८ सय रुपैयाँमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले घटेर प्रतितोला ५५८५ रुपैयाँमा रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।






















