skip this News Page Tips Ad Road Block

अर्थमन्त्रीको स्पष्टोक्तिः जिडीपीको तुलनामा बजेटको आकार सानो हो !

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट आकारका हिसाबले ठूलो देखिए पनि कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को अनुपातमा भने सानो रहेको स्पष्टिकरण दिएका छन् । अर्थ मन्त्रालयमा पत्रकार सम्मेलनमा गरी अर्थमन्त्रीले चालु आर्थिक वर्षका लागि प्रक्षेपित जीडीपी करीब ७४ खर्ब ५८ अर्ब रुपैयाँ रहेको उल्लेख गर्दै बजेट त्यसको जम्मा २८.५ प्रतिशत मात्र रहेको बताए ।

उनले जीडीपीको अनुपातमा बजेटको आकार ३० प्रतिशतभन्दा माथि जाने विगतको प्रवृत्तिलाई तोडेर राज्यको कार्यान्वयन क्षमता अनुकूल हुने गरी बजेट ल्याइएको दाबी गरे । अर्थमन्त्री वाग्लेले जीडीपीको वास्तविक आकार आगामी दिनमा केही तलमाथि हुन सक्ने र त्यसबारे मध्यावधि समीक्षामा थप मूल्याङ्कन गरिने बताए । उनले बजेटको आकार निर्धारण गर्दा राज्यको स्रोत, क्षमता र कार्यान्वयन पक्षलाई विशेष ध्यान दिइएको स्पष्ट पारे ।

अर्थमन्त्रीका अनुसार सरकारले बजेटलाई २५ देखि ३० प्रतिशतको दायराभित्र राख्दै यथार्थपरक र कार्यान्वयनयोग्य बनाउने दाबी गरेका छन् । करका दरहरुबारे प्रष्ट पार्दै अर्थमन्त्री वाग्लेले सबैलाई न्याय हुने तरिकाले सरकार अगाडि बढेको जिकिर गरेका छन् ।

Health Tips Ad Road Block