Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

१२ औं बृहत एकताको अन्तर्राष्ट्रिय महाधिवेशन-निर्वाचनको कार्यतालिका प्रकाशित

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडाैं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२ औं बृहत एकताको अन्तर्राष्ट्रिय महाधिवेशनको निर्वाचन कार्यतालिका प्रकाशन गरिएको छ। संघको विधान २००३ (२०२२ को संशोधन सहित) को दफा १७ को उपदफा १७.२ अनुसार दुई वर्षको कार्यकालका लागि ७४ जना पदाधिकारीहरूको चयनका लागि निर्वाचन कार्यतालिका प्रकाशित गरिएको हो ।

निर्वाचन २०८२/११/३० देखि २०८२/१२/०१ ( सन् २०२६ मार्च १४–१५) मा सम्पन्न गरिनेछ। निर्वाचन समितिको मिति २०८२/१०/२९ को निर्णयअनुसार कार्यतालिका तोकिएको हो ।

एनआरएनएको १२ औं बृहत एकताको अन्तर्राष्ट्रिय महाधिवेशन २०८२/११/३० देखि २०८२/१२/०२ (सन् २०२६ मार्च १४–१६) सम्म काठमाडौँमा आयोजना हुने छ।

यस निर्वाचनले संघको आगामी दुई वर्षको नेतृत्व तय गर्नेछ।

Health Tips Ad Road Block