काठमाडौं । निजी क्षेत्रको प्रतिनिधमुलक छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघलाई चुनाव लागेको छ । यसैक्रममा नेपाल उद्योग वाणिज्य महासंघको चैत २८ र २९ गते हुने निर्वाचनका लागि वरिष्ठ उपाध्यक्षमा हेमराज ढकालले आफ्नो समूहसहित उम्मेदवारी घोषणा गरेका छन् । वर्तमान कार्यसमितिमा उपाध्यक्ष रहेका ढकालले सोमबार काठमाडौंमा एक कार्यक्रम गरी वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका हुन् ।
ढकालको प्यानलबाट एसोसिएयट उपाध्यक्षमा ज्योत्सना श्रेष्ठ, वस्तुगत उपाध्यक्षमा नरेश लाल श्रेष्ठ, जिल्ला नगर उपाध्यक्षमा उमेश डालमिया र कल्पना गैरे उम्मेदवार रहेका छन् । समूहले कमला श्रेष्ठलाई महिला उपाध्यक्षको उम्मेदवारको रुपमा अघि सारेको छ ।
ज्योत्सना श्रेष्ठ अहिले पनि महासंघको एसोसिएट उपाध्यक्ष छिन् । उमेश डालमिया हाल ब्यापार मेला समितिका संयोजक हुन् भने कल्पना गैरे कार्यसमिति सदस्य हुन् । नरेश लाल श्रेष्ठ हाल निर्यात प्रवद्र्र्धन कमिटिका संयोजक छन् । कमला श्रेष्ठ हाल महिला उद्यमी विकास समितिकी संयोजक हुन् ।
आगामी निर्वाचनमा ढकाल समूहले प्यानल नै बनाएर चुनावी मैदानमा उत्रिने तयारी गरेको छ ।






















