Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

सडक दुर्घटनाका कारण वार्षिक ३ अर्ब अमेरिकी डलर बराबरकाे क्षति, वर्षेनि ८ हजारले अकालमा ज्यान गुमाउँदै

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडाैं । सडक दुर्घटनाका कारण वार्षिक ३ अर्बकाे क्षति हुने गरेकाे सरकारी तथ्याँक सार्वजनिक भएकाे छ । ‍त्यस्तै सडक दुर्घटनाकै कारण वर्षेनि ८ हजारले अकालमा ज्यान गुमाउने डरलाग्दाे तथ्य पनि बाहिरिएकाे छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा शर्मा गौतमको उपस्थितिमा सिंहदरबारमा सडक सुरक्षासम्बन्धी विज्ञहरू र सरोकारवालहरुसँगकाे अन्तरक्रियामा याे तथ्य सार्वजनिक भएकाे हाे । कार्यक्रममा मन्त्री गाैतमले सडक दुर्घटना प्रमुख जनस्वास्थ्य समस्याका रूपमा रहेको र विशेष गरी यसबाट जेन्जी युवा पुस्ता सबैभन्दा बढी प्रभावित रहेको बताइन्उ । दुर्घटना न्यूनीकरणका लागि सरकारी निकायहरूको समन्वय र नागरिक सचेतना अनिवार्य रहेको उनकाे भनाइ छ ।

नेपालमा हुने सडक दुर्घटनाका मृत्युमध्ये झण्डै आधा हिस्सा दुई पाङ्ग्रे सवारी प्रयोगकर्ताको रहेको छ। यस जोखिमलाई कम गर्न ‘युनिभर्सल हेल्मेट ल’ (चालक र पछाडि बस्ने दुवैले अनिवार्य हेल्मेट लगाउनुपर्ने नियम) तुरुन्तै लागू गर्नुपर्नेमा सबै सरोकारवालाहरूले जोड दिएका छन्।

सन् २०२१ को रिपोर्ट अनुसार नेपालमा सडक दुर्घटनाबाट वार्षिक ८,००० जनाले ज्यान गुमाउँछन्, जुन दक्षिण एसियाको औसतभन्दा झण्डै दोब्बर हो। दुर्घटनाले नेपाललाई वार्षिक ३ अर्ब अमेरिकी डलर (GDP को ७%) आर्थिक क्षति पुऱ्याइरहेको छ। हाल वार्षिक ५.४% ले दुर्घटना बढिरहेको सन्दर्भमा सन् २०३० सम्म मृत्युदर आधा घटाउने लक्ष्य निकै चुनौतीपूर्ण देखिन्छ। GDP को ०.४% मात्र सडक सुरक्षामा लगानी गरे वर्षमा ३,००० जीवन जोगाउन सकिने विज्ञहरूको निष्कर्ष रहेको छ।

Health Tips Ad Road Block