काठमाडौं । आज नेपाली बजारमा सुनचाँदीको मूल्य रेकर्डको विन्दुबाट तल झरेको छ । सुनको मूल्य तोलामा २९ सय रुपैयाँले घटेर २ लाख ९२ हजार २ सय रुपैयाँमा आइपुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
हिजो तोलाको २ लाख ९५ हजार १ सय रुपैयाँमा पुगेर सुनको मूल्यले रेकर्ड बनाएको थियो ।
आज चाँदीको भाउ पनि रेकर्डको विन्दुबाट तल ओर्लिएको छ । ५९२० रुपैयाँ तोलामा हिजो रेकर्ड कायम भएको चाँदीकाे मूल्य आज ५८७० रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।






















