काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य बढेर यसअघिको रेकर्डको विन्दु नजिक पुगेको छ । आज मूल्य तोलामा ६ सय रुपैयाँले बढेर २ लाख ७७ हजार ८ सय रुपैयाँमा पुगेको छ । यसअघि पुस ३० गते सुनको मूल्य २ लाख ७८ हजार रुपैयाँ प्रतितोलामा पुगेर नेपाली बजारमा रेकर्ड बनाएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको मूल्य घटेको छ ।
आज चाँदी प्रतितोला ५६२५ रुपैयाँ रहेको छ । शुक्रबार चाँदी प्रतितोला ५६४५ रुपैयाँ रहेको थियो ।






















