skip this News Page Tips Ad Road Block

टप रोप तथा लिड ओपन क्लाइम्बिङ च्याम्पियनसिप २०२६ असार २७ र २८ गते काठमाडौंमा आयोजना हुने

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं। टप रोप तथा लिड ओपन क्लाइम्बिङ च्याम्पियनसिप २०२६” प्रतियोगिता २०२६ जुलाई ११ र १२ अर्थात् असार २७ र २८ गते गेटवे एड्‌भेन्चर हब क्लाइम्बिङ सेन्टर, जगडोल-४, गोकर्णेश्वर, काठमाडौंमा आयोजना हुने भएको छ। नेपाल क्लाइम्बिङ स्पोर्ट एसोसिएसन (NCSA) अन्तर्गत काठमाडौं उपत्यका विशेष समिति (KVSC) तथा बागमती प्रदेश नेपाल क्लाइम्बिङ स्पोर्ट एसोसिएसनको संयुक्त आयोजनामा, नेपाल क्लाइम्बिङ स्पोर्ट एसोसिएसन (NCSA) को मार्गदर्शनमा आयोजनामा “टप रोप तथा लिड ओपन क्लाइम्बिङ च्याम्पियनसिप २०२६” हुन लागेको काठमाडौंमा पत्रकार सम्मेलन गरी जानकारी दिइएको छ।

आयोजकले भनेको छ, “टप रोप तथा लिड ओपन क्लाइम्बिङ च्याम्पियनसिप २०२६” प्रतियोगिता २०२६ जुलाई ११ र १२ (असार २७ र २८, २०८३) मा गेटवे एड्‌भेन्चर हब क्लाइम्बिङ सेन्टर, जगडोल-४, गोकर्णेश्वर, काठमाडौं मा आयोजना हुनेछ । Opening Ceremony बिहान २०२६ जुलाई ११ ७:०० बजे र Award Ceremony २०२६ जुलाई १२, दिनको ४ बजे हुनेछ।

प्रतियोगिताको मुख्य उद्देश्य नेपालमा क्लाइम्बिङ खेलको विकास, नयाँ प्रतिभाको पहिचान, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडी उत्पादन, तथा युवा पुस्तालाई साहसिक तथा स्वस्थ खेल गतिविधितर्फ आकर्षित गर्नु रहेको आयोजकले जनाएको छ।

आयोजकले नेपालमा ओलम्पिक विधाको रूपमा विकास भइरहेको क्लाइम्बिङ खेलको प्रवर्द्धन तथा प्रचारप्रसारमा सञ्चार क्षेत्रले पुऱ्याउँदै आएको महत्वपूर्ण योगदानप्रति आयोजकले आभार व्यक्त गरेको छ । यस अवसरमा आयोजक समितिले प्रतियोगिताको सफल आयोजनाका लागि महत्वपूर्ण सहयोग प्रदान गर्ने बागमती प्रदेश खेलकुद विकास परिषद्‌का सदस्य सचिव दीपक लामाप्रति विशेष आभार व्यक्त गरेको छ। परिषद्‌को संस्थागत सहयोग तथा खेलकुद विकासप्रतिको प्रतिबद्धताले बागमती प्रदेशमा क्लाइ‌म्बिङ खेलको विकास र विस्तारमा महत्वपूर्ण योगदान पुगेको आयोजकको भनाइ छ।

आयोजक समितिले प्रतियोगिताको सफलताका लागि सहयोग, सहकार्य तथा विश्वास व्यक्त गर्ने सम्पूर्ण प्रायोजक, साझेदार, सहयोगी संस्था तथा व्यक्तित्वहरूप्रति धन्यवाद ज्ञापन गरेको छ।

प्रतियोगिताका विधाः

१. टप रोप क्लाइम्बिङ (Top Rope Climbing)

दर्ता शुल्कः रु. ५००

खुला प्रतिस्पर्धा

शुरुवाती तथा नयाँ खेलाडीहरुलाई प्रोत्साहन गर्ने उद्देश्य

२. लिड क्लाइम्बिङ (Lead Climbing)

दर्ता शुल्कः रु. २,५००

पुरुष तथा महिला खुला प्रतिस्पर्धा

नेपाली नागरिक हुनुपर्ने

उमेर १७ वर्ष वा सोभन्दा माथि हुनुपर्ने

विशेष व्यवस्थाः

कुनै क्लाइम्बिङ वाल, क्लाइम्बिङ क्लब वा सम्बन्धित क्लाइम्बिङ संघको सिफारिस पत्र तथा प्रशिक्षक (Coach) को नाम र सम्पर्क विवरण पेश गर्ने खेलाडीहरूको दर्ता शुल्कः रु. ५०० गरिनेछ ।

पुरस्कार राशिः

टप रोप क्लाइम्बिङ

प्रथमः रु. १०,०००, द्वितीयः रु. ८,०००,

तृतीयः रु. ५,०००

लिड क्लाइ‌म्बिङ

प्रथमः रु. ५०,०००, द्वितीयः रु. ३०,०००, तृतीयः रु. २०,०००

विशेष पुरस्कार

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने १० जना खेलाडीहरूलाई आयोजकद्वारा विशेष प्रतिभा पुरस्कार (Special Appearance Awards) प्रदान गरिनेछ। पुरस्कारको स्वरूप प्रतियोगिताको क्रममा घोषणा गरिनेछ।

आयोजकले नेपाल क्लाइम्बिङ स्पोर्ट एसोसिएसन (NCSA) द्वारा पूर्व आयोजित आधिकारिक प्रतियोगिताहरूमा सहभागिता जनाइसकेका खेलाडीहरूले टप रोप क्लाइ‌म्बिङ प्रतियोगितामा सह‌भागिता जनाउन पाउने छैनन्। यदि कुनै खेलाडीले तथ्य लुकाई सहभागिता जनाएको पाइएमा वा आयोजक तथा संघले त्यस्तो पुष्टि गरेमा सम्बन्धित खेलाडीको नतिजा, अंक तथा स्थान स्वतः अमान्य (Invalid) हुने बताएको छ।

प्रतियोगिताले नेपालका उदीयमान खेलाडीहरुलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको प्रतिस्पर्धाका लागि तयार पार्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ। साथै भविष्यमा एशियन च्याम्पियनसिप तथा ओलम्पिक खेलकुदमा नेपाललाई प्रतिनिधित्व गर्न सक्ने खेलाडीहरुको पहिचान तथा विकास गर्ने लक्ष्य राखिएको छ।

क्लाइम्बिङ खेलाडी, प्रशिक्षक, क्लाइ‌म्बिङ सेन्टर, खेलप्रेमी तथा साहसिक खेलकुदप्रेमीहरुलाई प्रतियोगितामा सहभागी भई कार्यक्रमलाई सफल बनाउन आयोजकले अनुरोध गरेको छ।

सहाभागिता वा कुनै जानकारीका लागि काठमाडौं उपत्यका विशेष समिति (KVSC) नेपाल क्लाइम्बिङ स्पोर्ट एसोसिएसन (NCSA) 9851147129, 9848914876, बागमती प्रदेश नेपाल क्लाइम्बिङ स्पोर्ट एसोसिएसन 9849188202, 9851085859, 9860970077, email: ncskvsc@gmail.com , Climbing Center:

Gateway Adventure HUB Climbing Center

Jagdol-4, Gokarneshwor, Kathmandu,

Contact number: 9761098096, 9844075868 मा सम्पर्क गर्न सकिनेछ।

 

Health Tips Ad Road Block