काठमाडौं। नेपालका लागि फ्युचरिस्टिक र इन्टेलिजेन्ट इभी ब्रान्ड दिपलको आधिकारिक विक्रेता एमएडब्लु वृद्धि अटोकर्पले महाराजगञ्जमा नयाँ स्टेट अफ आर्ट सोरुम उद्घाटन गरेर काठमाडौंमा आफ्नो उपस्थितिलाई अझ बलियो बनाएको छ । एमएडब्लुले एपोलो मोटर्सलाई आफ्नो नयाँ डिलरका रुपमा नियुक्त गर्दै नेपाली उपभोक्तामाझ सहज ढंगले विश्वस्तरीय इभी पुर्याउने उद्देश्यमा महत्वपूर्ण उपलब्धी हासिल गरेको जनाएको छ ।
दिपलको नयाँ सोरुमको उद्घाटन दिपलका ब्रान्ड एम्बेसेडर पारस खड्का, एमएडब्लु वृद्धिका अध्यक्ष विष्णु अग्रवाल, नेपाल रिपब्लिक मिडियाका संस्थापक विनोदराज ज्ञवाली र एमएडब्लु वृद्धिका प्रबन्ध निर्देशक विवेक सिकारियाले संयुक्त रुपमा गरेका हुन्।
‘नेपाली इभी बजार एउटा रोमाञ्चक मोडमा आइपुगेको छ, र दिपलले यो रुपान्तरणको नेतृत्व गरिरहेको छ,’ उद्घाटन कार्यक्रममा एमएडब्लु वृद्धिका अध्यक्ष विष्णु अग्रवालले भने, ‘दिपलमा एउटा लिगेसी ब्रान्ड बन्ने सबै सम्भावनाहरु छन् र एमएडब्लु यो ब्रान्डलाई दशकौंसम्म टिक्ने लिगेसी ब्रान्डका रुपमा स्थापित गर्न प्रतिबद्ध छ ।’ उनले दिपलको मागलाई पूरा गर्न विभिन्न सहरमा सोरुम र सर्भिस सेन्टर विस्तार गर्ने एमएडब्लुको उद्देश्यबारे पनि जानकारी गराए।
उद्घाटन समारोहमा फ्युचरिस्टिक आयाम थप्दै अत्याधुनिक ह्युमनोइड रोबोट र रोबोट डलाई प्रदर्शनीमा राखिएको थियो जसले उपस्थित अतिथिलाई कृत्रिम बौद्धिकता र स्वचालनमा चांगानको दूरदर्शी दृष्टिकोणको प्रत्यक्ष अनुभव दिलाएको थियो ।
कार्यक्रममा एपोलो मोटर्सका निर्देशक सुयाश ज्ञवालीले दिपलको काठमाडौंको अधिकृत डिलर बन्न पाउँदा हर्षित भएको बताए । ‘यो एउटा कार सोरुममात्र होइन यो दिपलका आकांक्षित इभी मोडलहरुको वास्तविक अनुभव गर्ने एउटा गन्तव्य पनि हो,’ उनले भने ।
उद्घाटनकै दिन २० जना ग्राहकलाई दिपल इभी डेलिभरी गरिएको थियो । कार्यक्रमका दिपलका ब्रान्ड एम्बेसेडर पारस खड्का, एमएडब्लु वृद्धिका अध्यक्ष विष्णु अग्रवाल र नेपाल रिपब्लिक मिडियाका संस्थापक विनोदराज ज्ञवालीले नयाँ ग्राहकलाई गाडीको साँचो हस्तान्तरण गरेका थिए ।





















