काठमाडौँ । राष्ट्रियसभाको १९औँ अधिवेशन आजदेखि सुरु हुँदैछ । जेनजी आन्दोलनका क्रममा संसद भवन जलेर ध्वस्त भएपछि सङ्घीय संसद् सचिवालय सिंहदरबारमा अधिवेशन बिहान ११ बजेका लागि बोलाइएको छ । अधिवेशनको तयारीका लागि अध्यक्ष नारायणप्रसाद दाहालले शुक्रबार नै कार्यव्यवस्था परामर्श समितिको बैठक आह्वान गरिसकेका छन् । अधिवेशनको पहिलो बैठकमा अध्यक्ष दाहालले राष्ट्रपतिबाट अधिवेशन आह्वानको पत्र पढेर सुनाउने र हालै निधन भएका नेपाली कांग्रेसका सांसद बलदेव बोहराप्रति शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले नेपालले संविधानको धारा ९३ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को गत पुस २८ गतेको सिफारिसमा यही माघ ४ गते आइतबारका दिन ११ बजे राष्ट्रियसभाको अधिवेशन आह्वान गरेका थिए । गत भदौ ३१ गते राष्ट्रियसभाको १८ औँ अधिवेशन अन्त्य भएको थियो ।
यसैबीच निर्वाचन आयोगले यही माघ ११ गते हुने राष्ट्रियसभाको १९ सदस्यका लागि निर्वाचनको तयारी पनि गरेको छ ।






















