काठमाडौं । आज फेरि सुनको मूल्य नयाँ रेकर्डको विन्दुमा पुगेको छ । पुस १३ गते कायम भएको नयाँ रेकर्डको विन्दुमा नै आज सुनको कारोबार भएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ७० हजार ६ सय रुपैयाँ प्रतितोलामा पुगेको छ । याे नेपाली बजारको हालसम्मकै उच्च मूल्य हो ।
आज नेपाली बजारमा चाँदीको मूल्यले पनि नयाँ रेकर्ड बनाएको छ । आज चाँदी प्रतितोला ४९९० रुपैयाँमा पुगेको छ । यसअघि ४९३५ रुपैयाँ तोलासम्ममा चाँदीको मूल्यले नेपाली बजारमा नयाँ रेकर्ड कायम गरेको थियो ।























