Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

आशिष निर्माण सेवा प्रालिका संचालक पक्राउ

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । इ गभरमेन्ट प्रोक्युरमेन्ट सिष्टममा अनधिकृत पहुँच पुर्‍याई ठेक्काका विवरण हेरफेर गरी विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुर गरेको अभियोगमा आशिष निर्माण सेवा प्रालिका संचालक काठमाडौं बुढानिलकण्ठ नगरपालिका–९ मण्डिखाटार बस्ने चितवन रत्ननगर नगरपालिका–१२ ठेगाना भएका ७० वर्षीय ऋषि केश गौलीलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।

साईबर ब्यूरो भोटाहिटीबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका–९ पुरानो वानेश्वरबाट पक्राउ गरेको हो । प्रारम्भिक अनुसन्धानको क्रममा ऋषि केशले सार्वजनिक खरिद अनुगमन कार्यालयको (इ गभरमेन्ट प्रोक्युरमेन्ट सिष्टम) प्रणालीमा अनाधिकृत पहुँच पुर्‍याई ठेक्काहरूको विवरण हेरफेर (ठेक्काहरूको आर्थिक प्रस्ताव खोल्नु भन्दा अगावै आर्थिक प्रस्तावको डकुमेन्ट परिवर्तन) गरेको खुल्न आएको प्रहरीले जनाएको छ ।

उनी उपर संगठित अपराध निवारण ऐन, २०७० अन्तर्गतको कसुरमा थप अनुसन्धान कार्य भइरहेको छ ।

साथै उक्त मुद्दामा हालसम्म १० जना निर्माण व्यवसायीहरु समेतगरी जम्मा १३ जना शंकास्पद व्यक्तिहरूलाई पक्राउ गरी प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Health Tips Ad Road Block