Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

ट्रेड युनियन खारेजीको निर्णय फिर्ता नलिए आन्दोलन गर्ने मजदुर संगठनको चेतावनी 

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । संयुक्त ट्रेड युनियन समन्वय केन्द्र(जेटियुसिसि)ले वर्तमान सरकारले अधिकार खोस्ने तयारी गरिरहेको भन्दै आम मजदुर वर्गलाई सतर्क रहन आह्वान गरेको छ । बिहीबार श्रमिक दिवसको अवसरमा गरेको पत्रकार सम्मेनलमा अधिकार खोसिए कडा प्रतिवादमा उत्रनेसमेत चेतावनी दिएको छ ।

जेटियुसिसिका अध्यक्ष विनोद श्रेष्ठले सार्वजनिक क्षेत्रमा ट्रेड युनियन खारेजीको निर्णय फिर्ता नलिए संघर्षमा उत्रने चेतावनी दिएका छन् ।

१३७ औं अन्तर्राष्ट्रिय श्रमिक दिवस २०८३ को उपलक्षमा शुभकामना दिँदै सरकारले आम मजदुर वर्गको अधिकार रक्षाका लागि तयार रहन अपिल गरेका छन् ।

वर्तमान सरकार सुकुम्बासी, मजदुर तथा उत्पीडित वर्गमाथि खनिन थालेको बताउँदै श्रेष्ठले भने,“श्रमजीवी तथा गरिखाने जनताको हक–अधिकारलाई कुण्ठित गर्ने दिशातिर सरकार गइरहेको छ, हामी संघर्षको लागि तयारीमा जुट्नुपर्छ ।” श्रम क्षेत्रमा खटिने मजदुरहरुका अधिकारहरु पूर्ण प्राप्ति नहुँदै बदलिदो राजनीतिक परिस्थितिमा थप संकट आउन थालेकोप्रति चिन्ता व्यक्त गर्दै श्रेष्ठ भन्छन्,“नेपालको संविधान र आइएलओ अभिसन्धीहरुसँग बाझिएका श्रम कानुनहरुको संशोधन गराएर अधिकार प्राप्तिको लडाई लड्नु पर्नेछ ।”

श्रेष्ठले मजदुरहरुको वर्तमान पारिश्रमिक जीवनयापन गर्न पनि अपुग भएकोले न्युनतम परिश्रमिकमा वृद्धि र पूर्ण कार्यान्वयन गरिनुपर्ने, सबै काम र सबै क्षेत्रमा संलग्न श्रमिकलाई सामाजिक सुरक्षा कोषमा अबद्ध गराउनुपर्ने, १० प्रतिशत सेवा शुल्क पुनः लागु गर्नुपर्ने, श्रमिक सम्बधी कानुन निर्माण गर्नुपर्ने, श्रम अदालत सुदृढ, सीप विकास कोष स्थापना गर्नुपर्ने लगायतका विषयहरु सरकारसँग माग राखेका छन् । श्रेष्ठले अधिकार कटौति गर्नेतिर भन्दा युवा पलायनलाई रोक्न देशमै व्यापक रोजगारीको सिर्जना गर्नेतिर लाग्न सुझावसमेत दिएका छन् ।

जेटियुसिसिका महासचिव नवाराज दाहालले देशमा मजदुर तथा युवाको लागि प्रशस्त रोजगारीको वातावरण बनाउन छाडेर अधिकार हनन् तिर लाग्नु दर्भाग्य भएको बताए ।

कार्यक्रममा नेपाल ट्रेड युनियन महासंघ (जीफन्ट), नेपाल ट्रेड युनियन काँग्रेस (एनटुक) अखिल नेपाल ट्रेड युनियन महासंघ (अन्टुफ) राष्ट्रिय प्रजातान्त्रिक ट्रेड युनियन महासंघ (एडिकोन्ट),नेपाल ट्रेड युनियन महासंघ–स्वतन्त्र (इफोन्ट), समाजवादी स्वतन्त्र ट्रेड युनियन महासंघ नेपाल (इस्टुक),राष्ट्रिय प्रजातान्त्रिक ट्रेड युनियन महासंघ नेपाल (एनडीफन्ट), नेपाल राष्ट्रिय कर्मचारी महासंघ (नेफोन),मधेसी ट्रेड युनियन महासंघ, नेपाल (एमटुक), ट्रेड युनियन महासंघ नेपाल (टुकोन)का अध्यक्षहरुको उपस्थितिमा सरकारलाई सर्वाजनिक क्षेत्रमा ट्रेड युनिय खारेजीको निर्णय फिर्ता लिन प्रारम्भिक चरमा वार्ता तथा संवाद गर्ने र नभए आन्दोलन गर्ने जेटियुसिसिले चेतावनी दिएको छ ।

Health Tips Ad Road Block