Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

खाना पकाउने एलपी ग्यासको भाउ प्रतिसिलिण्डर १५० रुपैयाँले बढ्यो, डिजेल र पेट्रोलको घट्यो

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासको भाउ प्रति सिलिण्डर १५० रुपैयाँले बढाएको छ । यता डिजेल, पेट्रोल र मट्टितेलको भाउ भने घटाएको छ ।

आज बिहानदेखि लागु हुनेगरी साबिकको खुद्रा बिक्री मूल्य पेट्रोलमा प्रति लिटर रु. २, डिजेल/मट्टितेलमा प्रति लिटर रु. १२ ले घटाईएको निगमले जनाएको छ । त्यस्तै हवाई इन्धन आन्तरिकतर्फ प्रति लिटर रु. ७ ले तथा हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ काठमाडौंको लागि प्रति किलोलिटर अमेरिकी डलर ४६ ले बढाईएको निगमले बताएको छ । हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ पोखरा र भैरहवाको लागि ब्रेक इभन प्वाइन्टमा बिक्री मूल्य कायम गरिएको निगमले जनाएको छ ।

विगत केही महिनादेखि मध्यपूर्वमा जारी रहेको युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको निरन्तर मूल्यवृद्धि भइरहेको छ । सो युद्धका कारण पेट्रोलियम पदार्थको अन्तर्राष्ट्रिय बजारमा निरन्तर मूल्य वृद्धि भई इण्डियन आयल कर्पोरेशनबाट प्राप्त मूल्य अनुसार स्वचालित मूल्य प्रणाली बमोजिम मूल्य समायोजन गरेको निगमको स्पष्टोक्ति छ ।

इण्डियन आयल कर्पोरेशनबाट प्राप्त नयाँ खरिद मूल्य बमोजिम मूल्य समायोजन गरेको निगमले जनाएको छ ।

मूल्य समायोजन अन्तर्गत अब प्रतिसिलिण्डर ग्यासको मूल्य २१६० र आधा सिलिण्डरको १०८० रुपैयाँ तिर्नुपर्दछ ।

त्यस्तै पेट्रोलमा पहिलो वर्ग अन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा प्रतिलिटर २१४ रुपैयाँ पचास पैसा, दोस्रो वर्ग अन्तर्गत सुर्खेत र दाङ्गमा २१६ रुपैयाँ र तेस्रो वर्ग अन्तर्गत काठमाडौं, पोखरा र दिपायलमा २१७ रुपैयाँ पर्दछ ।

त्यसैगरी डिजेल/मट्टितेललमा पहिलो वर्ग अन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा प्रतिलिटर २२२ रुपैयाँ पचास पैसा, दोस्रो वर्ग अन्तर्गत सुर्खेत र दाङ्गमा २२४ रुपैयाँ र तेस्रो वर्ग अन्तर्गत काठमाडौं, पोखरा र दिपायलमा २२५ रुपैयाँ पर्दछ ।

हवाइ इन्ध प्रतिकिलोलिटर काठमाडौंमा १८३१ डलर पर्दछ ।

यसरी पेट्रोलियम पदार्थको खुद्रा बिक्री मूल्य समायोजन गर्दा पनि निगमलाई पाक्षिक रुपमा रु. १ अर्ब ८१ करोड अझै घाटा हुने निगमको भनाइ छ ।

Health Tips Ad Road Block