काठमाडौं । निर्विरोध नयाँ कार्यसमिति चयन गर्दै सक्रिय शैक्षिक परामर्श संघ नेपाल (एइक्यान) को तेस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभाले किशोर तिवारीको अध्यक्षतामा नयाँ कार्यसमिति निर्विरोध चयन गरेको हो ।
संघको उपाध्यक्षमा मेघराज शाही र रमेश पाठक, महासचिवमा दामोदर फुयाँल (प्रज्वल), सचिवमा मनिष कुमार वर्देवा, कोषाध्यक्षमा मुकेश खतिवडा र सहकोषाध्यक्षमा हीरानाथ महर्जन चयन भएका छन् ।
त्यसैगरी सदस्यहरुमा सुजन लामिछाने, गंगाराम बस्नेत, प्रेम प्रसाद शर्मा पौड्याल, सुमन थापा, राधिका शाही, प्रमिला पूरी, कृष्णहरि सापकोटा, राज कुमार महर्जन, सुवास थापा र विष्णु अधिकारी चयन भएका छन् ।
एइक्यान नेपाल शैक्षिक परामर्श व्यवसायी महासंघको सदस्य संघ हो ।






















