skip this News Page Tips Ad Road Block

चन्द्रागिरि हिल्समा आन्तरिक पर्यटकको उल्लेख्य भीड

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौँ । केही समयदेखि सञ्चालनमा आएको चन्द्रागिरि केबलकार तथा रिसोर्टमा आन्तरिक तथा बाह्य पर्यटकको उल्लेख्य उपस्थिति देखिन थालेको छ। विशेषगरी शनिबार तथा सार्वजनिक बिदाका दिन चन्द्रागिरि हिल्समा पर्यटकको चाप बढ्दै जाने गरेको हो ।

शनिबार बिदाको दिन चन्द्रागिरि हिल्स क्षेत्रमा आन्तरिक पर्यटकको बाक्लो भीड देखिएको छ। केबलकारमार्फत चन्द्रागिरि पुगेका पर्यटक तथा भक्तजनहरू भालेश्वर महादेव मन्दिरको दर्शन गर्नुका साथै फोटो खिच्नका लागि लामबद्ध भएको दृश्य देख्न सकिन्छ।

साथै चन्द्रागिरिबाट देखिने मनमोहक हिमशृङ्खलाको दृश्य अवलोकन गर्दै हिमालको पृष्ठभूमिमा फोटो खिच्ने पर्यटकहरूको पनि उल्लेख्य भीड रहेको छ।

भदौ २४ गते भएको तोडफोडका कारण केही समय केबलकार सेवा बन्द भएको थियो। करिब दुई महिनाको मर्मतपश्चात केबलकार पुनः सञ्चालनमा आएपछि पर्यटकको आगमन क्रमशः बढ्दै गएको छ।

केबलकार सञ्चालनसँगै चन्द्रागिरि आसपासका होटल तथा रेस्टुरेन्ट व्यवसायमा समेत सकारात्मक प्रभाव परेको स्थानीय होटल व्यवसायी मनोज थापाले जानकारी दिए । उनका अनुसार पछिल्लो समय होटल तथा रेस्टुरेन्टहरूमा ग्राहकको चाप उल्लेख्य रूपमा बढेको छ।

तस्विरः प्रदीपराज वन्त

Health Tips Ad Road Block