Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

ला आसिएन्दाले काठमाडौँमा भित्र्यायो जीवन्त स्वाद र आकर्षक डिजाइनसहितको ल्याटिन अमेरिकी उत्साह

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौँ । काठमाडौँको मोक्सी होटलमा आधुनिक ल्याटिन अमेरिकी डाईनिंग र ककटेल अनुभव प्रस्तुत गर्ने हेतुले ला आसिएन्दा बार्रा ई कोसिना लाटिना सञ्चालनमा आएको छ। मेक्सिकन आसिएन्दाबाट प्रेरित तर आधुनिक प्रारूपमा तयार गरिएको यस रेस्टुरेन्टले खाना, ककटेल, कला र डिजाइनलाई एकै ठाउँमा समेटेको छ।

पाब्लो कास्टेलानोस स्टुडियोद्वारा तयार गरिएको यसको इन्टेरियर डिजाइनले परम्परागत आसिएन्दा वास्तुकलालाई आधुनिक दृष्टिकोण दिइएको छ। यहाँ आर्च, कलात्मक करिडोर, लाइम(वाश गरिएका भित्ता, कुँदिएका काठका प्यानल र जीवन्त फर्निचरहरू प्रयोग गरिएको छ, जसले मेक्सिको र ल्याटिन अमेरिकाको ऊर्जा र संस्कृतिलाई झल्काउँछ। चन्द्रमाबाट प्रेरित प्रकाशयुक्त बारले पुरै स्थानलाई दृश्यात्मक रूपमा आकर्षक बनाएको छ।

यस स्थानमा कलाले पनि महत्वपूर्ण भूमिका खेलेको छ। मेक्सिकन कलाकार ब्रेन्डा रोआद्वारा सिर्जित भ् िक्य िथ भ िब्खभ शीर्षकको विशेष कलाकृति यहाँ राखिएको छ, जसले यस स्थानमा सांस्कृतिक गहिराइ थप्दै ला आसिएन्दालाई रेस्टुरेन्टभन्दा माथि एउटा बेग्लै पहिचान दिन्छ।

ला आसिएन्दा स्मृति, यात्रा र सांस्कृतिक आदान(प्रदानबाट प्रेरित रेस्टुरेन्ट अवधारणा हो। काठमाडौँस्थित नयाँ मोक्सी होटलभित्र रहेको यस रेस्टुरेन्टले पाहुनालाई ल्याटिन अमेरिकाभर फैलिएको परिकारहरूको यात्रामा लैजान्छ। यस यात्राको आधार मेक्सिकन शेफ मार्टिन हर्नान्डेज हार्नान्डेजका व्यक्तिगत अनुभव, घुमेका भूगोल र त्यहाँका स्वादहरू हुन्। मेनुमा मेक्सिकोका परम्परागत र सशक्त टाकोजदेखि पेरुका ताजा र जीवन्त सेभिचेसम्मका परिकारहरू समेटिएका छन्, साथै शेफले त्यस क्षेत्रभर गरेका यात्राबाट प्रेरित स्वादहरू पनि प्रस्तुत गरिएका छन्। प्रत्येक परिकारले एउटा कथा भन्छ, र हरेक टकिला, मेज्काल वा ककटेलले त्यो कथामा जोडिएर एउटा नयाँ अध्याय थप्छ, जसले पाहुनालाई भोजन मात्र होइन, एउटा सम्पूर्ण नयाँ अनुभुति प्रदान गर्छ।
सामान्य भेटघाटदेखि विशेष अवसरका डाईनिंगसम्मका लागि उपयुक्त यस रेस्टुरेन्टले सहज र आरामदायी वातावरण उपलब्ध गराउँछ। यसको केन्द्रमा रहेको डेडीकेटेड ककटेल बार सोसल भेटघाटको मुख्य हबका रूपमा डिजाइन गरिएको छ, जहाँ पाहुनाले सामान्य पेयपदार्थदेखि पूर्ण डाईनिंगसम्मको अनुभव लिन सक्नेछन्।

मोक्सी काठमाडौँभित्र अवस्थित ला आसिएन्दा होटलका पाहुना र काठमाडौँवासी दुवैका लागि लाइफस्टायल केन्द्रित डाईनिंग गन्तव्यका रूपमा प्रस्तुत गरिएको छ, जसले काठमाडौँको मुटुमा फरक र विशिष्ट ल्याटिन अमेरिकी अनुभव प्रदान गर्छ।

मोक्सी काठमाडौँबारे

मोक्सी काठमाडौँ मेरियट इन्टरनेशनल अन्तर्गतको आधुनिक लाइफस्टायल होटल हो, जुन स्मार्ट डिजाइन, सामाजिक अन्तरक्रिया र कार्यक्षमतामा विश्वास गर्ने आधुनिक यात्रुहरूका लागि तयार गरिएको हो। काठमाडौँको केन्द्रमा अवस्थित यस होटलले विश्वस्तरीय हस्पिटालिटी सेवासँगै बोल्ड र युवा ऊर्जा समेटेको छ। यहाँ स्टाइलिश कोठा, जीवन्त सामाजिक स्पेस, कामका लागि अनुकूल लाउन्ज तथा क्युरेटेड खाना र बेभेरेजहरू उपलब्ध छन्। लचिलोपन, प्रविधि र समुदायमा केन्द्रित मोक्सी काठमाडौँले नेपालमा गतिशील र आधुनिक बसाइ खोज्ने व्यवसायिक यात्रु, डिजिटल नोमाड र फुर्सदको समय बिताउन चाहने यात्रुहरूलाई सेवा प्रदान गर्छ।

Health Tips Ad Road Block