Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

चैतभित्र सञ्चालनमा ल्याउनेगरी सिराहा र धनुषा जोड्ने कमला पुलको बाँकी काम हुँदै

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । ठेक्का सम्झौता भएको १४ वर्ष वित्दासमेत निर्माण हुन नसकेको हुलाकी राजमार्गअन्तर्गत सिराहा र धनुषा र सिराहाको सीमानामा पर्ने कमला नदीमा निर्माणाधीन वहुचर्चित कमला पुलको बाँकी काम भइरहेको छ । आगामी चैतभित्र कमला पुल निर्माण सम्पन्न गरी यातायात सञ्चालन गर्ने कार्यतालिकाका साथ निर्माण व्यवसायीबाट काम भइरहेको छ । निर्माण व्यवयासीले नै पुलको डिजाइन गरी निर्माण गर्ने मोडलमा ठेक्का सम्झौता भएको कमला पुलको लम्बाइ ४६९ मिटर रहेको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले गत ५ मंसिरमा स्थलगत अनुगमन गरी पुल निर्माण तथा पुनस्र्यापनाको काम तत्काल अघि बढाएर जतिसक्दो छिटो पुल निर्माण सम्पन्न गर्न निर्देशन दिएका थिए ।

मन्त्री घिसिङले निर्माणको आफूले नियमित अनुमगन गर्ने र काम सन्तोषजनक नभएमा ठेक्का तोड्ने चेतावनी दिएका थिए । साथै उनले हाल नदी रहेको स्थानमा ह्युम पाइप राखेर अस्थायी रुपमा आवतजावतको व्यवस्था गर्न निर्देशन दिएका थिए । सोही बमोजिम ठेक्का व्यवस्थापन भई पाइप राख्ने काम पनि भइरहेको छ ।

ठेक्का सम्झौता भएको करिब १४ वर्ष पुग्दासमेत कमला पुल निर्माण हुन सकेको छैन । पुल नबन्दा नागरिकले सास्ती खेप्नु परेको, सवारीसाधन लामो रुट प्रयोग गरी आवत–जावत गर्न वाध्य भएको र कमला नदी वारपार गर्न जोखिमपूर्ण एवम् कष्ठकर यात्रा गर्नुपर्ने बाध्यता छ ।

१७ असार २०७८मा कमला नदीमा आएको बाढीले पुलको दुईवटा जग भासिएर ४ वटा स्लावमा क्षति पुगेको थियो । क्षति पुगेका स्लावमध्ये सिराहा (पूर्व)तर्फको २ वटा स्लाव हटाइएको छ भने धनुषा (पश्चिम) पट्टिको २ वटा स्लाव हटाउन नपर्ने प्राविधिक अध्ययनबाट देखिएको छ ।

सोही बमोजिम भासिएको जगलाई दह्रो बनाएर स्लाव लिफ्टिङको काम अब सुरु हुने छ । लिफ्टिङका लागि सम्बन्धित विज्ञ प्राविधिकहरुले भ्रमण तथा निरीक्षण गरी अध्ययन गरी कार्ययोजना बनाइरहेका छन् ।

पुलको पूर्वतर्फ (सिराहा)को सबस्टक्चर काम सकिएको छ। सिराहातर्फका २ वटा स्लाव हटाई एउटा जग भासिएकोमा उक्त स्थानमा दुइवटा जग राखी जगसहित सब स्ट्रक्चरको का सकिएको छ। अब प्लेट गडर राख्न बाँकी रहेको छ। उक्त प्लेट गडर बनाउने काम चितवनमा भइरहेको छ । गडर तयार भएपछि पुलमा लगेर जडान गरिनेछ।

ठेक्काअन्तर्गत रहेका नदी नियन्त्रण तथा पहुँच सडकको निर्माण भने सुरु हुन सकेको छैन । गत असोजमा कमला नदीमा आएको बाढीपछि नदीको धार परिवर्तन परिवर्तन भएको हुँदा डिजाइनको बिषयमा छलफल भइरहेको र डिजाइनको टुंगो लागेपछि निर्माण सुरु हुनेछ ।

तराई/मधेशको लाइफ लाइनका रूपमा रहेको हुलाकी राजमार्गमा पर्ने कमला पुल निर्माणका लागि २०६८ को जेठमा २४ करोड ९१ लाख (भ्याटसहित)मा पप्पु लुम्बिनी जेभीसँग ठेक्कासम्झौता भएको थियो । सुरुको सम्झौता बमोजिम पुल निर्माण २०७१को मंसिरमा सम्पन्न हुनुपर्ने थियो ।

तोकिएको समयमा पुल निर्माण हुन नसकेपछि सातौं पटक थपिएको ठेक्का सम्झौताको म्याद गत असारमा सकिएको थियो । निर्माण व्यवसायीबाट आगामी असारसम्मका लागि म्याद थपका लागि प्रस्ताव पेश भएको छ । हाल ठेक्काको म्याद थपको प्रक्रियामा रहेको छ । हाल बाँकी काम लुम्बिनीले गरिरहेको छ । हालसम्म २० करोड ४३ लाख (भ्याट) सहित भुक्तानी भइसकेको छ ।

Health Tips Ad Road Block