काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको) ले गत वर्षको मुनाफाबाट शेयरधनीलाई नगद लाभांश मात्र दिने निर्णय गरेको छ ।
कम्पनीको पुस ३ गते बसेको सञ्चालक समितिको ४५औं बैठकले कम्पनीको (आ.व. २०८१/०८२ को नाफाबाट) आगामी वार्षिक साधारण सभाबाट शेयरधनीहरुलाई हाल कायम रहेको चुक्ता पूँजीको १५% नगद लाभांश (कर प्रयोजनसमेतका लागि समेत) वितरण गर्ने निर्णय गरेको छ ।
प्रस्तावित नगद लाभांश नियामक निकायबाट स्वीकृक्ति भई कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित गरेपश्चात शेयरधनीलाई वितरण गरिनेछ ।




















