काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड गत वर्षको मुनाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । कम्पनीको पुस २ गते बुधबार बसेको सञ्चालक समितिको १५० औं बैठकले आर्थिक वर्ष २०८१/८२ सम्मको वितरणयोग्य मुनाफाबाट शेयरधनीहरुलाई २०.२६३२ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
कम्पनीले ५ प्रतिशत बोनस शेयर र लाभांशमा लाग्ने कर समेत गरी १५.२६३२ प्रतिशतले हुने नगद लाभांशसहित कुल २०.२६३२ प्रतिशत लाभांश प्रदान गर्ने निर्णय गरेको हो ।
प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणसंग स्वीकृतिपश्चात् कम्पनीको ९ औ वार्षिक साधारण सभाले पारित गरेपछि लगानीकर्तालाई वितरण हुनेछ ।






















